बडिगाडको विपद कोषमा घिमिरे परिवारले गरे ३० हजार सहयोग !

बडिगाडको विपद कोषमा घिमिरे परिवारले गरे ३० हजार सहयोग !

Badigad Online
1 Min Read

जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरोना विपद व्यवस्थापन राहत कोषमा घिमिरे परिवारले सहयोग गरेका छन् । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ ।

सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । उक्त राहत कोषमा बडिगाड गाउँपालिका वडा नं ५ स्थित खगेश्वर घिमिरे, र लिला घिमिरेका छोरा बुहारी हाल रोजगारीका लागि जापानमा रहनुभएका रामु घिमिरे र राधिका शर्माले नगद रु ३० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उक्त सहयोग रकम घिमिरेले बैकंमा पठाउनुभएको कोरोना व्यवस्थापन द्रुत समिति सदस्य राजन पाईजाले जानकारी दिनुभएको छ ।

रकम सहयोग गरेकोका पाईजाले सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित