जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरोना विपद व्यवस्थापन राहत कोषमा स्थानीय एक व्यक्तिले सहयोग गरेका छन् । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ ।
सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । उक्त राहत कोषमा बडिगाड गाउँपालिका वडा नं ५ खौलार घर भई हाल रोजगारीका लागि जापानमा रहनुभएका रविन्द्र घिमिरेले नगद रु १० हजार हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
घिमिरेले पठाउनुभएको उक्त सहयोग रकम बुझ्दै कोरोना व्यवस्थापन द्रुत समिति सदस्य राजन पाईजाले सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबै एकजुट भई हातेमालो भएर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
साथै बडिगाड अनलाईनले पनि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग रकम सकंलन गर्ने अभियान सञ्चालन गरेकाले सहयोग गर्न ईच्छुक मनकारी व्यक्तित्वहरुले निम्न लिखित नम्बरमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गर्दै सहयोगीहरुको फोटो समाचार सहित बडिगाड अनलाईनमा राखिने कुरा समेत जानकारी गराउँदछौँ ।
सम्पर्क : सञ्चालक ९८६७२७७८०९
समाचार डेस्क : ९८४९१७७५०५