बडिगाडको विपद कोषमा बचनले गरे सहयोग ।

बडिगाडको विपद कोषमा बचनले गरे सहयोग ।

Badigad Online
2 Min Read

जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरोना विपद व्यवस्थापन राहत कोषमा स्थानीय एक व्यवसायीले सहयोग गर्नुभएको छ । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ ।

सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । उक्त राहत कोषमा बडिगाड गाउँपालिका वडा नं ५ खौलार स्थित थानापति सुनचाँदी पसलको शाखाका सञ्चालक एवम् समाजसेवी टिपुरे सुनारका सुपुत्र बचन पौडेलले नगद रु १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । एक कार्यक्रमकाबीच पौडेलले उक्त सहयोग रकम कोरोना व्यवस्थापन द्रुत समिति सदस्य राजन पाईजालाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै पाईजाले व्यवसायी आफै पनि लकडाउनका कारण प्रभावित भईरहेको अवस्थामा सहयोग गर्नु सह्रानीय कार्य भएको बताउनुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।
गाउँपालिकाले कोरोना रोकथामका लागि गरेको प्रयासका लागि यस्ता सहयोगले काम गर्न अझै हौसला प्रदान गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

साथै बडिगाड अनलाईनले पनि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग रकम सकंलन गर्ने अभियान सञ्चालन गरेकाले सहयोग गर्न ईच्छुक मनकारी व्यक्तित्वहरुले निम्न लिखित नम्बरमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गर्दै सहयोगीहरुको फोटो समाचार सहित बडिगाड अनलाईनमा राखिने कुरा समेत जानकारी गराउँदछौँ ।

सम्पर्क : सञ्चालक ९८६७२७७८०९
समाचार डेस्क : ९८४९१७७५०५

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित