बडिगाड अनलाईन, बाग्लुङ । वैदेशिक रोजगारीका लागि भारत गएकाहरुलाई बडिगाड गाउँपालिकाले धमाधम पालिका भित्र्याई रहेको छ । जिल्ला फर्किएकाहरुको बडिगाड गाउँपालिकाले कोरोना परीक्षण तैयारी पनि सुरु गरेको बताईएको छ ।
वैदेशिक रोजगारीका लागि भारतमा रहेका र बन्दाबन्दीले प्रभावित आफ्ना नागरिकहरुलाई यतिबेला गाउँपालिकाले उद्धार गर्दै दिनदिनै गाउँ भित्र्याएको छ पालिकामा फकिएका बडिगाड गाउँपालिकाका स्थानीयको स्वास्थ्य परीक्षण गर्न तैयारी थालिएको हो । क्वारेन्टाईनमा बसेर ५ दिन पुरा गरेकाहरुको स्वाव सकंलनका लागि तैयारी थालिएको बताईएको छ । भारतका विभिन्न स्थानबाट नेपाल फर्किने क्रममा सीमामा अलपत्र परेकाहरुलाई उद्दार गरेर जिल्ला पुर्याइएपछि कोरोना जाँच गर्न लागिएको हो ।
सोमबार सबैभन्दा पहिले भारतबाट आई त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ८ जनाको पीसीआर परिक्षणको लागि स्वाव सकंलन गरिएको बताईएको छ । स्वाव परिक्षणका लागि पठाईएको र बुधवारसम्म नतिजा आउने गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले बताउनुभयो । गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार गाउँपालिकाको वडा नं २ मा रहेको त्रिभुवन मावि र वडा नं ५ मा रहेको भानु मावि त्यस्तै वडा नं ७ मा रहेको बुद्ध माविमा निर्माण गरिएका क्वारेन्टाइनमा राखेर उनीहरुको कोरोना परीक्षण गरिने भएको छ ।
भारतबाट आएका सबैको पिसीआर परिक्षण गरिने र स्वाव सकंलनका लागि स्वास्थ्यकर्मीहरुलाई खटाईएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले अहिलेसम्म भारतबाट आएका १०१ जनालाई क्वारेन्टाईनमा राखिएको ‘केस इन्भेष्टिगेशन एण्ड कन्ट्रयाक ट्रेसिङ’ का प्रमुख चुरामणी कँडेलले जानकारी दिनुभयो । हालसम्म भानु माविमा ४५ जना, त्रिभुवन माविमा ३९ जना र बाँकीलाई बुद्ध माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र अब थपिने नागरिकलाई बुद्व मावि र भीमगिठे माविको क्वारेन्टाइनमा राख्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले बताउनुभयो ।
त्यस्तै, जिल्लामा भित्रिएका नागरिकको स्वास्थ्य परीक्षणबारे शनिबार बडिगाड, ढोरपाटन, निसी र तमानखोलाका प्रमुखबीच पनि छलफल भएको छ । छलफलमा आ आफ्नो स्थानीय तहका नागरिकको उद्वार तथा व्यवस्थापनमा ध्यान दिइने सहमति भएको बताइएको छ ।