गुल्मीमा पालिकाका अध्यक्षलाई कोरोना सक्रंमण, सिडिओ देखि पत्रकार सम्मको स्वाब संकलन !

गुल्मीमा पालिकाका अध्यक्षलाई कोरोना सक्रंमण, सिडिओ देखि पत्रकार सम्मको स्वाब संकलन !

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीको १ स्थानीय तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनि गाउँपालिका अध्यक्ष भएको बताइएको छ । लकडाउनका समयमा उनि नेतृत्वकर्ता भएका कारण पालिकाको गतिबिधीमा सक्रिय थिए । पालिकामा जाने आउने र गाउँमा समेत आउने जाने गरेका कारण अहिले उक्त पालिकाका गाउँभरी कोरोनाको त्राश बढेको एक स्थानीयले बताए ।

गुल्मी जिल्लामा १२ वटा स्थानीय तह रहेका छन् । त्यहाँका अर्का एक भारतबाट आएका व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएकामध्ये १ गुल्मीका जनप्रतिनिधि रहेका हुन् । जिल्लामा थप २ जनामा कोरोना पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको छ । बुटबल टुडेमा समाचार छ ।

सिडिओ देखि पत्रकार सम्मको स्वाब संकलन

गुल्मीमा जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सिडिओ देखि पत्रकार सम्मका ४४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । जनप्रतिनिधिको सम्पर्कमा आएका जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय प्रमुख , कार्यलय प्रमुखहरु र पत्रकार लगायत ४४ जनाको स्वाब संकलन गरिएको र स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षणका लागि पठाइने शर्माले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित