गुल्मीका कोरोना सक्रंमित पालिका अध्यक्ष भन्छन् : कोरोना लाग्यो भनेर आत्तिनु पर्दैन् !

गुल्मीका कोरोना सक्रंमित पालिका अध्यक्ष भन्छन् : कोरोना लाग्यो भनेर आत्तिनु पर्दैन् !

Badigad Online
4 Min Read

गुल्मी,सवांददाता । गुल्मीको १ स्थानीय तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनि गाउँपालिका अध्यक्ष हुन् । लकडाउनका समयमा उनि नेतृत्वकर्ता भएका कारण पालिकाको गतिबिधीमा सक्रिय थिए ।  आफुलाई कोरोना सक्रंमण भएपछि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरले आफै मिडियामा आएका छन् ।

उनले केही समय अगाडी मदाने गाउँपालिकामा जिल्लामै पहिलो पटक कोरोना सक्रंमित भेटिसकेपछि आफ्नो गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको गत जेष्ठ १० गते आरटिडी टेष्ट गरेको र उक्त आरटिडी टेष्टमा एकजना प्रतिनिधिको पोजेटिभ रिपोर्ट आएपछि आफु पनि उहाँसगं दैनिक काम कामकाजमा सगैं रहेको र त्यसपश्चात स्वाव सकंलन गरि पीसीआर परिक्षणका लागि भैरहवा पठाएको सोमबार आएको रिपोर्ट अनुसार आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

साथै उनले आरटिडी टेष्टको क्रममा पोजेटिभ देखिएका अर्का जनप्रतिनिधिको भने अझै रिपोर्ट नआएको बताए । लकडाउनको अवधिमा आफु गाउँपालिकाका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनको अनुगमन र अन्य व्यवस्थापनको काममा सक्रिय भएर लागेको पनि बताएका छन् । उनले उनले हिमालय टेलिभिजनमा कुरा गर्दै आफु जिल्लाको विपद व्यवस्थापन समितिको बैठकहरुमा पनि सहभागी भएको बताएका छन् ।

आफु बाहिर कतै नगएको र कहाँबाट सक्रंमण भयो भन्ने बारेमा भने आफै अचम्मित भएको उनको भनाई छ । त्यस्तै उनले भारतबाट आएका एकजनाको स्वाव सकंलन गरेर पठाईएकोमा उनको रिपोर्ट पनि पोजेटिभ देखिएपनि आफु उनको सम्पर्कमा नआएको बताएका छन् । केही समय अगाडी गाउँपालिकामा भारतबाट आएका ३०/४० जनाको स्वाव सकंलन गरेर पठाएको र त्यसक्रममा आफु त्यहाँ गएको र अर्को कुरा जिल्लाका कार्यक्रमहरुमा जाँदा पनि आफुले अन्य कुनै सवारी साधन प्रयोग नगरेको र आफ्नै गाडिमा आउने जाने गरेको बताएका छन् ।

आफु प्राय मोटरसाईकलमा यात्रा गर्ने गरेको बताएका छन् ।उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरिसकेको पनि बताएका छन् । साथै उनले परिक्षणको दायरा भने बढाउनुपर्ने बताए । पालिकामा जाने आउने र गाउँमा समेत आउने जाने गरेका कारण अहिले उक्त पालिकाका गाउँभरी कोरोनाको त्राश बढेको एक स्थानीयले बताए । गुल्मी जिल्लामा १२ वटा स्थानीय तह रहेका छन् । त्यहाँका अर्का एक भारतबाट आएका व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले स्वास्थ्यमा कुनै समस्या नआएकाले घरमै क्वारेन्टाईनमा रहेको र स्वास्थ्यमा समस्या आएमा सदरमुकाममा रहेको आईसोलेसनमा जाने तैयारी गरेको बताए । साथै उनले एकान्तबासमै बसेर गाउँपालिकाको योजना निर्माण गर्ने समेत बताएका छन् । साथै उहाँले आफु उच्च मनोबल बनाएर बसेको र कोरोनालाई जित्छु भन्ने आँट भएको बताए ।

साथै उनले आफ्नो एकान्तबासले आफुलाई अध्ययन गर्न पाउने,आगामी वर्षका योजना बनाउन पाउने, गाउँपालिकालाई समृद्ध बनाउनका लागि थप साँेच्न पाउने अवसरको रुपमा लिएको बताए । साथै उनले कोरोनाका कारण दीर्घ रोगी र प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई केही जोखिम हुने भएपनि दिनानुदिन निको हुनेको संख्या बढ्दै गएकाले नडराउन र आफुलाई कोरोना सक्रंमण भयो भनेर नआत्तिन पनि आग्रह गर्नुभएको छ । साथै उहाँले क्वारेन्टाइनमै बसेर जनताको सुरक्षा र गाउँको विकासका लागि लागि पर्ने बताएका छन् ।

बडिगाड अनलाइन् उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

हामीले यो खबर हिमालय टेलिभिजनमा उहाँले दिएको अन्तर्वाताको आधारमा तैयार पारेका हौँ । उहाँको नाम र ठेगाना उहाँको समझदारीमा सार्वजनिक गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित