बडिगाड गाउँपालिकामा भारतबाट आउनेको लर्को : आजमात्रै १ सय १० जना आउँदै !

बडिगाड गाउँपालिकामा भारतबाट आउनेको लर्को : आजमात्रै १ सय १० जना आउँदै !

Badigad Online
1 Min Read

जीवन पाण्डे, बडिगाड । भारतका विभिन्न ठाउँमा रहेका बाग्लुङको बडिगाड गाउँपालिकाका नागरिकहरु यतिबेला धमाधम गाउँआएका छन् । रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानमा बसेर बन्दाबन्दीको समयमा प्रभावित बनेपछि नेपाल आउन हिँडेका उनीहरुलाई विभिन्न नाकाबाट अहिले गाउँपालिकाले उद्धार गरिरहेको छ ।

विगत १ हप्तादेखि बडिगाड गाउँपालिकाले बन्दाबन्दीका कारण प्रभावित बनेका भारतमा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको छ । यसैक्रममा मगंलबार आज १ सय १० जना पालिकामा आउँदै छन् । उनीहरु भारतको गुजराँतबाट सुनौली नाकाहुँदै आउन लागेको बताईएको छ ।

उनीहरुलाई भानु माध्यमिक विद्यालय ग्वालिचौर र खार माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राख्ने तैयारी थालिएको छ । बन्दाबन्दीले प्रभावित बनी दैनिक जीवन यापन गर्न समेत कठिनाई भई अलपत्र परेका उनीहरु सुनौली नाकासम्म आएपछि गाउँपालिकाले पठाएको बसमा आउने गाउँपालिका स्तरीय क्वारेन्टाईन व्यवस्थापन तथा दु्रत गति समितिका सदस्य राजन पाईजाले जानकारी दिनुभयो । गाउँपालिकाले क्वारेन्टाईनमा बसेको ५ दिनमा सबैको स्वाव सकंलन गरी पीसीआई परिक्षणका लागि पठाउने तैयारी गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित