निसीमा भारतबाट आएका ४० जना क्वारेन्टाईनमा : स्थानियद्धारा खुलेर सहयोग !

निसीमा भारतबाट आएका ४० जना क्वारेन्टाईनमा : स्थानियद्धारा खुलेर सहयोग !

Badigad Online
2 Min Read

छविलाल पाण्डे । निसीखोला गाउँपालिका ५ मा रहेको ज्ञानेन्द्र माविमा रहेका क्वारेन्टाईनमा ४० जना नागरिक क्वारेन्टाईनमा बसेका छन् । भारत हुँदै आफनो जन्म गाउँ आएका उनिहरुलाई वडा कार्यालयले व्यवस्थापनका साथ क्वारेन्टाईनमा राखेको जनाइएको छ ।.
वडा अध्यक्ष हर्कमान घर्तिमगरको अध्यक्षतामा विभिन्न उपसमिती गठन गरेर वडामा रहेका नागरिकलाई व्यवस्थापन गरीएको हो ।

आफनै गाउँ ठाँउका दाजभाई दिदिबहिनी गाउँमै आएर क्वारेन्टाईनमा बसेसँगै स्थानियले खाद्यान्न देखि नगद र लत्ता कपडा समेत उपलब्ध गराएका छन् । .जसमध्ये चन्द्रमला बुढामगरद्धारा रु २५ हजार, वडा स्तरीय महिला विकास मञ्चद्धारा ३२ थान बाल्टी, जग, बाटा दुई थान, प्रेमबहादुर घर्ति मगरद्धारा ३ बोरा चामल, ४८ चक्कि सावुन, ४८ थान भाँडा धुने सावुन, हस्तान्तरण गर्नुभएको बताईएको छ ।

हेमराज सापकोटाद्धारा ५ सय एमएलको ८ डब्बा सेनिटाईजर पाँचपाठि आलु , वडा अध्यक्ष हर्कमान घर्तिमगरद्धारा ३ बोरा चामल, टंकप्रसाद पुनद्धारा ६ क्यारेट अण्डा र रु एक हजार नगद सहयोग गर्नुभएको छ । . त्यसैगरी कर्णबहादुर बुढामगरद्धारा ३ सय थान माक्स, भुमिराज घर्तिमगरद्धारा २ सय थान माक्य, दुई बट्टा ग्लोब्स, रगंमाला घर्तिमगरद्धारा ५ /५ पाथि गहुँ, मकै, भट्टमास, १ केजी जिरा, ज्ञानप्रासद भुषालद्धारा ४८ चक्कि नुहाउने सावुन, थम्मन घर्तिमगरद्धारा ४८ सेट कोल्गेट ब्रस, हिराबहादुर पुनमगरद्धारा १० लिटर खाने तेल, २ केजी चिनि उपलब्ध गराउनु भएको हो . ।

त्यस्तै महेन्द्र कुमारी घर्तिमगरद्धारा १५ केजी व्याज ३ माना बेसार , विरवल बिकद्धारा क्वारेन्टाईन अवधिभरीका लागि नुन उपलब्ध गराउनु भएको हो ।. जानबहादुर घर्तिद्धारा १० केजी लसुन, मिलन विकद्धारा १० केजी दाल, राजिव विकद्धारा ५ केजी दाल, र १० भारी दाउरा , थमि घर्ति मगरद्धारा २ बोरा चामल, ददिकला विकद्धारा १ हजार नगद, पृथमाला बुढामगरद्धारा १ बोरा जिरा चामल उपलब्ध गराउनु भएको त्यहाँबाट हेमराज सापकोटाले जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा बसेका नागरीकले आफुहरुलाई माया गरी सक्दो सहयोग गर्नुभएकोमा सहयोगी दातालाई धन्यबाद ज्ञापन गरेका छन् ।. उनीहरुले आफुलाई खान र बस्नमा कुनै समस्या नरहेको बताएका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित