मुसिकोटमा भारतबाट आएका १ सय ५० क्वारेन्टाइनमा !

मुसिकोटमा भारतबाट आएका १ सय ५० क्वारेन्टाइनमा !

Badigad Online
3 Min Read

विष्णु प्रसाद आचार्य, गुल्मी । भारतमा अलपत्र अर्थात समस्यामा परेका मुसिकोटवासीहरुलाइ ल्याउने क्रम जारीरहेको छ । जेठ ९ गतेदेखी सुरु गरिएको उद्धार कार्य निरन्तर चलिरहको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभएको छ । अलिेसम्म उद्धार गरी १ सय ५० जनालाइ क्वारेन्टाइनमा राखिएको उहाले बताउनुभएको छ । जसमध्ये १४  जना महिला र १३६ जना पुरुष रहेको बताइएको छ ।

अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाले जानकारी दिनुभएको छ । यसबाहेक अन्यले पनि आफनो जन्मघर आउन चाहेको र सम्पर्कमा रहेको साथै क्रमस उनीहरुलाइ ल्याइने बताइएको छ । मुसिकोट नगरपालिकाभित्र ९ वटै वडामा निर्माण गरीएका क्वारेन्टाइनमा राखेर क्रमस उनीहरुको स्वास्थ्य परीक्षण गरिने र क्वारेन्टाइनको अवधीमा कुनै समस्मा नदेखिएमा घर पठाइने बताइएको छ ।

त्यस्तै नेपाल राष्टिय त्रिभुवन मा बि मुसिकोट २ मुसिकोट देउरालीमा निर्माण गरीएको क्वारेन्टाइनमा अहिले १५ जना राखिएको छ । , १५ जना सबै पुरुष रहेको र सबै भारतबाट आएको नेपाल राष्टिय त्रिभुवन मा बि मुसिकोट २ मुसिकोट देउरालीका प्रधानाध्यापक सुरेन्द्र नेपालीले बताउनुभएको छ ।

क्वारेन्टाइन ब्यवस्थापनमा आफूले निकै चासोको साथ लागिरहेको र स्थानियको साथ मिलेको उहाले बताउनुभएको छ । प्रत्येकलाइ छुटटाछुटटै चर्पीको व्यवस्था गर्नपाएको भए राम्रो हुनेभन्दै अहिले सबैले सामुहिक चपीर्को प्रयोग गर्नुपरेको,पानीको समस्या भएको,उहाँले बताउनुभएको छ ७ गतेदेखी क्वारेन्टाइनमा राख्न थालिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाले जानकारी दिनुभएको छ । १४ दिनपछि आरडिटि गरेर स्वास्थ्य सामान्य रहेमा घर पठाइने बताइएको छ ।

त्यस क्षेत्रका अझै ८ देखी १० जना सम्पर्कमा रहेको बताइएको छ । हाल उक्त बिद्दालयमा २० जना क्षमता रहेको क्वारेन्टाइन रहेकोे छ । बुधबारदेखी क्षमता बढाउन थालिने बताइएको छ । त्यहाँ नगरपालिका मार्फत ५ वटा बिस्तारा उपलबध गराइएपनि अन्य बेड आफै तयार गरिएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका ९ स्थित ज्ञानज्योति आधारभुत बिद्यालय अर्लान्कोटकोे पाणथोकमा तयार गरिएको क्वारेन्टाइनमा सोमबार देखी १० जना पुरुष रहेको र अवस्था भने सामान्य रहेको प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभएको छ । यो समयमा ठुलै संख्यामा अर्लान्कोटवासी आउने संकेत मिलेको र तत्कालै आउने १५ जना सम्पर्कमा रहेको उहाले जानकारी दिनुभएको छ । उक्त बिद्यालयको क्वारेन्टाइनमा नअटाएकालाइ अन्य ठाउमा व्यवस्थापन गरिने पनि उहाले जानकारी दिनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित