बडिगाड अनलाइन । बाग्लुङमा ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । बाग्लुङको बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका ४ जना गरी ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको हो । केही समय अगाडी भारतबाट आएर क्वारेन्टाईनमा बसेका उनीहरुमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
भारतबाट फर्किएका बाग्लुङको बडिगाड गाउँपालिका २ युवा रहेका छन् भने तमानखोलाका पनि ४ जना युवा रहेका छन् । क्वारेन्टाईनमा रहेका बडिगाडका १९ र २० वर्षीय पुरुष तथा तमान खोलाका २१,२७,२१ र २७ वर्षीय पुरुषमा कोराना सक्रंमण रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ । भारतबाट आएका बडिगाडका वडा नं २ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका थिए ।
उनीहरुको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार ८ जनाको स्वाव सकंलन गरी पीसीआर परिक्षणका लागि कोरोना विशेष अस्पताल बाग्लुङ पठाईएको थियो । अन्य ६ जनाको भने पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सक्रंमण देखिएका उनीहरुलाई अहिले क्वारेन्टाईनमै सुरक्षित साथ राखिएको र केही समयमै उपचारका लागि ऐम्बुलेन्स मार्फत धौलागिरी अञ्चल अस्पताल बाग्लुङ पठाउने तैयारी भईरहेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।
केही समय अगाडी बाग्लुङका २ जनामा कोरोना सक्रंमण देखिएको थियो । उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् । कोरोनासक्रंमण देखिएपछि बडिगाड आसपासका क्षेत्रका स्थानीयहरु त्रसित भएका छन् । अब बाग्लुङका कोरोना सक्रंमितको संख्या ८ पुगेको छ ।