बडिगाड गाउँपालिकाका कोरोना सक्रंमितको कन्ट्याक ट्रेसिङ सुरु !

बडिगाड गाउँपालिकाका कोरोना सक्रंमितको कन्ट्याक ट्रेसिङ सुरु !

Badigad Online
3 Min Read

बडिगाड अनलाइन,बाग्लुङ । बडिगाड गाउँपालिकामा क्वारेन्टाईनमा रहेका २ जनामा कोरोना सक्रंमण पुष्टी भएसगैं कन्ट्याक टे«सिङको काम सुरु गरिएको छ । कन्ट्याक ट्रेसिङमा सक्रंमितको ट्राभल हिस्ट्री (यात्रा विवरण) भेटघाट गरेका व्यक्तिको पहिचान र आएका ठाउँको अवस्थाको बारेमा जानकारी लिने गरिन्छ ।

ऋहिले दगातुम्डाँडा स्वास्थ्य चौकी प्रमुखले सक्रंमित २ जनाकै कन्ट्याक ट्रसिङ गर्न लागेको बताईएको छ । बडिगाड गाउँपालिकाका सीआईटीटी सयोंजक चुरामणी कडेंलको नेतृत्वमा उनीहरु आएको स्थानमा, प्रयोग गरेको सवारी साधन, सम्पर्कमा आएका व्यक्तिहरु र क्वारेन्टाईनमा पनि सगैं रहँदा अरुसगं घुलमिल गरे नगरेको बारेमा जानकारी लिने र ततपश्चात उनीहरुलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा लगिने गाउँपालिकाले जनाएको छ ।

कन्ट्याक टे«सिङका लागि विशेष टिम खटाउने व्यवस्था बमोजिम गाउँपालिकाले कडेंल र थापा बाहेक सिसाखानी स्वास्थ्य चौकी प्रमुख भक्त बहादुर श्रीस, ग्रामीण स्वास्थ्य परियोजनाका हेल्थ असिसटेन्ट दिपक थापालाई गाउँपालिकाले जिम्मेवारी दिएको छ । कन्ट्याक टे«सिङ पश्चात उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गरी सतर्क रहन आग्रह गरिनेछ । बडिगाड गाउँपालिकामा २ जनालाई बुधवार मात्रै कोरोना सक्रंमण पुष्टी भएको थियो । उनीहरुसबै केही दिन अगाडी मात्रै भारतबाट आएर गाउँपालिकाले वडा नं २ खर्बाङमा रहेको त्रिभुवन माविमा रहेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

के हो कन्ट्याक ट्रेसिङ ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना रोकथामको सबैभन्दा प्रभावकारी विधि टेष्ट एण्ड कन्ट्र्याक ट्रेसिङ नै हो । टेष्ट अर्थात् परीक्षणमा कुनै पनि व्यक्तिलाई संक्रमण देखियो भने उसँग फ्रन्ट फेसमा भेटिएका व्यक्तिहरुको छिटो पहिचान गरेर उनीहरुलाई आइसोलेट र परीक्षण गर्नुपर्छ । किनकी उनीहरुमा संक्रमण सार्ने सम्भावना हुन्छ । यसरी सम्भावित संक्रमितको परीक्षण गर्ने र संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाहरुलाई आइसोलेट र परीक्षण गरेर नै भाइरसले बनाएको ‘चेन ब्रेक’ गर्न सकिन्छ । यही विधि १२ वर्षअघि इबोला भाइरस ‘आउटब्रेक’मा उपयोगी साबित भएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना संक्रमणको रोकथामका लागि पनि विश्वभर ‘कन्ट्याक ट्रेसिङ’ विधि उपयोगी सावित भएको छ ।‘

कन्ट्याक ट्रेसिङ गरेर कोरियाले सबैभन्दा बढी नमुना परीक्षण गरेको छ’, त्यसैले कोरियाले कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ । अमेरिकाले लक्षण नदेखिएकाहरुमा पनि कोरोना संक्रमण भएको हुनसक्ने भएकाले कन्ट्र्याक ट्रेसिङ र टेष्टलाई निकै प्रभावकारी मानिन्छ । जति धेरै ट्रेसिङ र परीक्षण हुनसक्यो त्यति धेरै संक्रमित पत्ता लाग्ने र रोग फैलिनबाट रोकिने पुन बताउँछन् । ट्रेसिङपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले तोकिएको नियम पालना गरे नगरेको पनि ख्याल गर्नुपर्छ । निगरानी फितलो हुँदा संक्रमण ‘भुसको आगो’ झैं फैलिन सक्ने उनी बताउँछन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित