विष्णु प्रसाद आचार्य, गुल्मी । मुसिकोट नगरपालिकामा पछिल्लोसमय भारतबाट आएका १ सय ९३ जना क्वारेन्टाईनमा रहेका छन् । भारतका विभिन्न स्थानमा बन्दाबन्दीका कारण प्रभावित बनेका उनीहरुलाई नगरपालिकाले विभिन्न नाकाबाट उद्धार गरि ल्याएको हो ।
जसमध्ये १७८ जना पुरुष र १५ जना महिला रहेका छन् । उनीहरु नगरपालिकाले विभिन्न स्थानमा राखेका क्वारेन्टाईनमा राखिएको छ । जसमध्ये वडा नं १ मा २४ जना, वडा नं २ मा ३४ जना, वडा नं ३ मा ३७ जना रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सयोंजक डिबी जिसीले जानकारी दिनुभएको छ ।
त्यस्तै वडा नं ४ मा ३० जना, वडा नं ५ मा ९ जना, वडा नं ६ मा १६ जना, वडा नं ७ मा ९ जना, वडा नं ८ मा २४ जना र वडा नं ९ मा १० जना क्वारेन्टाईनमा रहेको उहाँले जानकारी दिनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र परिक्षणको तैयारी भैरहेको उहाँको भनाई छ ।