बाग्लुङ । पत्रकार विमल खड्काले आफ्नो जन्मदिनको अवसर पारेर बडिगाड गाउँपालिकाको कोरोना विपद कोषमा सहयोग गर्नुभएको छ । जन्मदिन मनाउने खर्च बापत नगद ५ हजार रुपैया खड्काले गाउँपालिकाको राहत कोषमा हस्तान्तरण गर्नुभएको हो ।
बडिगाड नै स्थायी घर भई हाल राजधानीमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल खड्काले जन्मदिनमा हुने खर्च कटाएर संकटका बेला मानव जातिका लागि थोरै सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । विश्वभर संकटको अवस्था श्रृजना भएकाले अहिलेको मुख्य चुनौति भनेको मानव जातिको संरक्षण भएको भन्दै उहाँले आ आफ्नो ठाउँबाट सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । खड्का बागलुङको पश्चिम क्षेत्रलाई आधार बनाइ राष्ट्रिय मिडिया एवम् प्रेस संगठन गण्डकी प्रदेशको प्रदेश सदस्यसमेत हुनुहुन्छ ।
Badigad Online