वाह, लाग्थ्यो छाति फुलेर गर्ब महसुस हुन्थ्यो आज भन्दा १२ बर्ष अगाडि गणतन्त्र भन्ने शब्दै सुन्दा । किनकि म भ्रममा थिए ,मलाइ उल्लु बनाईएको थियो । राजतन्त्रको कारण देशमा बिकास भएन ,सम्बृध्दि आएन । यो सबैको बाधक राजा हो भनेर ,म र म जस्ता नारिकहरुलाई यसरी नै भ्रमित पारिएको थियो । सबै नागरिकले पत्याईदिए ,राजनैतिक दलका भ्रमहरुलाइ। सायद थाहा थिएन होला यिनिहरु यति सम्म छलकपट र ढोगि रहेछन भन्ने । नेताहरु सफल भए जनता झुक्याउन परिणामस्वरूप राजालाइ फालियो ।
राजतन्त्र फालिएको सत्य हो तर गणतन्त्र आएको चाहिँ भ्रम हो । आज १२ बर्ष पछि खोज्दा पनि कहिकतै भेटिदैन गणतन्त्र ,यो अबस्थामा देख्दा शहिदहरुले आत्माले पनि पश्चाताप गरिरहेको छ होला ,आत्माग्लानी भएको छ होला। सायद उनिहरु पनि हेरिरहेका होलान यो नाम मात्रको गणतन्त्र । शासन सत्ता परिबर्तन गर्याे आजभन्दा १२ बर्ष अघिको यो दिनले तर आचरण परिवर्तन गर्न सकेन । विकास र सम्बृध्दिको बाधक मानिएको एउटा राजा फ्याक्यौ र बदलामा सयौ राजाहरु जन्मायौ सिम्हदरबार देखि वडादरबार सम्म बिराजमान गरायौ ती राजाहरुलाइ ।
नेताहरुको बिलासि जिवनशैलिको ग्यारेन्टि गर्याै तर नागरिकहरुको जिबनशैलिमा रत्तिभर परिबर्तन आएन उनिहरुका पीडा र ब्याथा सहितको कष्टकर जिबनमा कुनै परिबर्तन आएन । १२ बर्ष अघि ८० वर्षकी बुढि आमाको उमेर फेरियो ८० बाट ९२ पुग्नुभो अझैपनि त्यहि चुलोमा त्यस्तै काचाकचा दाउराहरुले छाडेको धुवाको बिचमा बसेर खोक्दै खोक्दै ,त्यहि परिकार तर कैयौ महङ्गो मुल्यतिरेर पकाइरहेकि छन । पल्लाघरे भुन्टे पनि अब त अन्तिम पटक हो है भन्दै बिदेशीयको पनि बाह्रबर्ष पुगिसकेछ ,स्वदेश फर्केर भुन्टिसङ्गै रमाउने उसको सपना पनि सपनामै सिमित भएछ ।
तल्लाघरे हलिदाइपनि ,बाबू यो त अन्तिम पटकको साहुको मेलो होला है भन्दै थिए बिचरा तिनले काधबाट हलोजुवा बिसाउन नपाएको पनि १२ बर्ष पुगेछ, आज साझ गणतन्त्र को खुसियालीमा ती आमा ,भुन्टे र हलिदाईको घरमा दिप बल्ला कि नबल्ला । १२ बर्ष अघि राजा दरबारबाहिर निस्कने लाई राजाको सवारि भनिन्थ्यो ,उनी दर्जनौ गाडिहरुको साइरन सङ्गै घण्टौ सम्म बाटोरोकि आसेपासेको साथमा रातो कार्पेट हुँदै पिर्का चढेर सलामि लिन्थे । १२ बर्षपछि आज नाम फेरिएको छ राजा बाट राष्ट्रपति आज पनि राष्ट्रपति ज्युको सवारि हुन्छ पहिलेझै दर्जनौ गाडिहरुको साइरन सङ्गै घण्टौ सम्म बाटोरोकि आसेपासेको साथमा रातो कार्पेट हुँदै पिर्का चढेर सलामि लिनुहुन्छ ।
पहिला राजा गाडि बाट झर्दा पिर्का देखिदैनथ्यो आज त्यो देखिन्छ, सायद यहि होला गणतन्त्र । राष्ट्रपति देखि वडा अध्यक्ष सम्म पिर्का, कुर्सीमा दखि बेन्ची सम्म चढेर सलामि लिन्छन, टेबलमा रहेका मालाहरु निकालि बरिष्टहरु धमाधम आफै माला लगाउछन ,आफुले आफै निर्दाेष करार गरि क्लिनचिट दिन्छन , देखेको बोल्नेलाइ पख्लास तलाइ भन्छन। यहि आफै धामि र आफै बक्सि बन्ने प्रबृत्ति आकोछ सायद यहि होला गणतन्त्र । एक राजा बाट सयौ राजा, एक दरबार बाट सयौ दरबार , एक सबारी बाट सयौ सबारी , एउटा सलामी बाट सयौ सलामी ,थोरै रजौटाहरुबाट धेरै रजौटाहरु बनायौ सायद यही होला गणतन्त्र ।
जनआन्दोलनका सहिदका परिवार कहाँ छन, तिनिहरुको चुलोमा आगो बलेको छ कि छैन होला । जनआन्दोलन का घाइते हरु कहाँ छन होला तिनिहरुको शरिर भित्रका गोलिहरु कुहिएहोलान कि उस्तै होलान, हातखुट्टा र करङ्का हाडहरु सोजिएहोलान कि बाङ्गै होलान कसैलाई अत्तोपत्तो छैन ,सायद यहि होला गणतन्त्र ।
– योगेन्द्र खरेल