विनोद विश्वकर्मा, बुर्तिबाङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं ३का मृगौला पिडित केसर बि.कको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । गरिव तथा विपन्न परिवारका ३० वर्षिय वि.क.को दुवै मृगौलाले काम नगर्ने भएपछि विगत २ हप्ता यता नियमीत उपचार गराउँदै आएका छन् ।
लामो समय देखि बैदशिक रोजगारीमा रहेका वि.क. २ बर्ष पहिले स्वदेश फर्किएर दैनिक ज्याला मजदुरीआएकाथिए । गत चैत्र ३१ गते वि.क.लाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चेक जाँचका लागि आएका थिए । बुर्तिबाङ स्वास्थ्य केन्द्रमा सामान्य चेकजाँच पछि वि.क.लाई मिसन हस्पिटल पाल्पा रेफर गरिएको थियो । मिसन अस्पतालमा पनि उपचार सम्भव नभएपछि बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु हस्पिटलमा रेफर गरिएको थियो ।
उक्त हस्पिटलमा जाँच गर्दा मात्र वि.क.को दुवै मृगौला फेल भएको र दुबै मृगौला प्रत्यारोपन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका थिए ।
करीब १२ देखि १५ लाख सम्मखर्च गर्न सके मात्रै उपचार सम्भव हुने डाक्टरहरुले बताएको वि.क.को भनाई छ । कमजोर आर्थिक अवस्था कै कारण उपचारमा समस्या भएको भन्दै वि.क.ले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । वि.क.लेसोही अस्पतालमा नियमीत उपचार गराउँदै आएका छन् । निरन्तर उपचार तथा प्रत्येक हप्तामा डायलाशिस गराउँनुपर्छ, वि.क.ले भनेका छन्, औषधी खरिद र डायलाशिसमा लाग्ने खर्चको जोहो गर्नसमेत कठीन भईसकेको छ ।
अलि अलि ज्यालमजदुरी गरी कमाएको पैसा पनि चेकजाँचमै सकियो,ऋण समेत पाउनगाह्रो छ । कसैको सहयोग पाउन सके नयाँ जिवन पाउने आशामा वि.क. रहेका छन् । बि.कले गहभरी आशु लिदै भन्नु हुन्छ घरमा साना दुधे बच्चा सहित २ छोरी, श्रीमति,बाबा,आमा र एक बहिनी मेरै आसामा बाची रहेका छन् । दुई छोरी लाई धेरै पढाउने लेखाउने भनिकत्रो सपना देखेको थिए अहिले जीवन मरणको दोसाँधमा छु ।
त्यस्तै पिडित बि.क.कीआमाकाली बि.क. ले एउटै छोरा, त्यस माथी पनि हामी बुढा बाबा,आमाको बुढेसकालको सहारा, मेरो छोरालाई बचाँईदिनुहोस् भन्दै सहयोगका लागि अपिल गरेकी छन् । साथै पिडित बि.क.ले आफुलाई सहयोग गर्नै चाहानुहरुका लागी मोवाई नम्बर ९८१०२४१९१८मा फोन गरेर सहयोग गर्न सबैमा अनुरोघ गर्नु भएको छ ।