बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकाले भारतबाट आई क्वारेन्टाईनमा बसेका ५६ जनाको स्वाव सकंलनको काम सुरु गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा गरेका ५६ जनाको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।
जसमध्ये त्रिभुवन माध्यमिक विद्यालय खर्बाङको क्वारेन्टाईनमा रहेका १६ जना र भानु माध्यमिक विद्यालय ग्वालिचौरको क्वारेन्टाईनमा रहेका ४० जनाको स्वाव सकंलन गरी परिक्षणका लागि गण्डकी प्रादेशिक प्रयोगशाला पोखरा पठाउने तैयारी थालिएको उहाँले बताउनुभयो । स्वाव सकंलनका लागि धौलागिरी अस्पताल बाग्लुङका वरिष्ठ ल्याव टेक्निसियन सुरज बेल्बासेको नेतृत्वमा स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली प्रसाद आचार्यको टोली खर्बाङ आएको छ ।
यसैबीच स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बडिगाड गाउँपालिकामा रहेका क्वारेन्टाईनहरुको अवलोकन गर्नुभएको छ । बुधवार क्वारेन्टाईनमा रहेका २ जनामा कोरोना सक्रंमण देखिएपनि सचेत रहन र नआत्तिन गाउँपालिका अध्यक्ष पाईजाले आग्रह गर्नुभएको छ । उहाँहरु भारतबाट आएर गाउँपालिकाले सुरक्षित साथ क्वारेन्टाईनमा राखेकाले त्रसित हुनुपर्ने स्थिति नभएको र उहाँहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक टे«सिङ समेत गरिएकाले त्रसित नभई सयंम र सावधानी हुन सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।
साथै उहाँले नेपाल सरकारले जारी गरेको लकडाउन र गाउँपालिकाले बनाएका नियमहरुलाई पालना गर्न पनि सबैसगं आग्रह गर्नुभएको छ ।यसैबीच गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाईनमा बस्नेहरुको संख्या झण्डै ३ सय पुगेको छ । गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनमा पछिल्लो समय भारतबाट आएर बस्नेहरुको संख्या उक्त संख्यामा रहेको गाउँपालिकाका कोरोना विपद व्यवस्थापन तथा द्रुत समितिका सयोंजक कृष्ण गुरुङले जानकारी दिनुभयो ।