सीमा नाकामा मृ*त्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि

सीमा नाकामा मृ*त्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि

Badigad Online
2 Min Read

अर्घाखाँची । सीमा नाकामा मृ`त्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना सक्रंमण पुष्टी भएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले मृ`*त्यु भएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

कपिलवस्तुको कृष्णनगर सीमा नजिकै ११ जेठमा मृ*त्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । रुपन्देहीस्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । सीमा क्षेत्रमै मृ*त्यु भइसकेको र कृष्णनगर नाकामै थ्रोट स्वाबको नमूना संकलन गरिएको भन्दै उहाँले परीक्षणका क्रममा मृ*तक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । महाशाखा प्रमुख डा. चौधरीले कन्ट्याक्ट ट्रेसिङ गरेर उनीसँगै आएका व्यक्तिहरूको नमूना परीक्षण गरिने जानकारी दिनुभयो ।

भारतबाट नेपाल आउने क्रममा कृष्णपुर नाकामा मृ*त्यु भएपछि श*व अर्चाखाँची नै लगिएको थियो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का स्थायी वासिन्दा ती युवकको मृ*त्यु भएपछि सोही दिन सन्धिखर्क लगेर दाहसंस्कार गरिएको थियो । नाकामै मृ*त्यु भएपछि त्यहीँ नमूना संकलन गरेर श*व सन्धिखर्क ल्याइएको अर्चाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताउनुभयो । अब उनीसँगै आएका व्यक्तिहरूको नमूना परीक्षण गर्ने तैयारी रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार मृ*त्यु भएकै दिन मृतकको शव गाडेर दा*हसंस्कार गरिएको थियो। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृ*त्यु हुनेको संख्या ६ पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित