कोरोनाको समाधान बन्दाबन्दी मात्रै हो त ?

कोरोनाको समाधान बन्दाबन्दी मात्रै हो त ?

Badigad Online
4 Min Read

सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको हुवान प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरस ( covid 19) ले विश्वभरि महामारीको रुप लिएको छ । यो भाइरस विश्वकै शक्तिशाली राष्ट्र मानिने चीनबाट सुरु भएर युरोप, अमेरिका खाडी मुलुक तथा भारत हुँदै नेपालमा प्रवेश गरी महामारीको रूप लिन थालिसकेका छ । महामारीको पूर्वानुमान गरी सरकारले गत २०७६-१२-११ गते बाट लकडाउनको घोषणा गरेको छ ।

यो भाइरसको सुरुवात सँगै विश्व आतंकित बनेको छ। WHO का अनुसार यसका केहि लक्षण भएपनि यो भाइरस कसरी सर्छ भन्ने कुराको अझ पूर्णरुपमा यकिन गर्न सकिएको छैन । यसका केहि लक्षणको उपचार हुने भएपनि यस विरुद्धको भ्याक्सिन अझै खोजकै चरणमा छ । दिन दुई गुणा रात चौ गुणा को दरले संक्रमितको संख्या बढ्दै जानुले यसले पार्ने असर र प्रभाव कति हुन्छ भन्ने कुराको आकलन गर्न विश्व स्वस्थ संघठनले नै सकिरहेको छैन ।भाइरस का कारण विश्वमा शक्तिशाली राष्ट्र समेत कमजोर साबित भयका छन्। तर अर्को सुखद पक्ष के छ भने जुन गतिमा संक्रमण दर बढ्दै गएको छ भ्याक्सिन नबनेको अवस्थामा पनि करिब ५ देखि ६ प्रतिशत मात्र मृत्युदर तथा करिब ४१ प्रतिशत निको हुने दर पनि छ । तथापि संक्रमण दर अत्याधिक भएको कारण अवस्था डरलाग्दो हुँदै गएको छ।

पछिल्लो समयमा चीन साथै केही देशहरुमा यो रोग को संक्रमण दर कम हुँदै गएपनि भाइरस को कारण विश्वका अधिकांस राष्ट्रको आर्थिक,सामाजिक , खेलकुद तथा शैक्षिक क्षेत्र धरासायी बनाएको छ । कोरोना विरुद्धको लडाईमा एउटामात्र अस्त्रको रुपमा प्रयोग गरिएको लककडाउनलाई ऐले कैयौ राष्ट्रमा प्रयोग गरिरहेकोअवस्था छ । तर विश्व स्वस्थ संगठनले यो भाइरस पूर्ण रूपमा निर्मूल नहुन सक्ने HIV एड्स जस्तै लामो समय सम्म रहन सक्ने बताएको र लामो समयसम्म भएको लककडाउन ले राष्ट्रको अर्थतन्त्र धरासायी भएको कारण विभिन्न देशहरूले बन्दाबन्दी खुकुलो बनाउने तथा हटाउने गरिरहेको छन्।

सामाजिक दूरी तथा व्यक्तिगत सुरक्षाका साधन प्रयोगगरी खेलकुद , औद्योगिक, प्रशासनिक,तथा अन्य कार्यहरु गर्न थालेका छन्। जसले गर्दा बन्दाबन्दी मात्र यसको समाधान हुन नसक्ने देखिएको छ । विश्वभरि छरिएर रहेका करिब साढे ६ हजार भन्दा बढि नेपालीमा कोरोना संक्रमण भइरहँदा हालसम्म ९५ भन्दा बढी नेपालीको मृ*त्यु भइसकेको छ । यस सँगै छिमिकी देश भारतमा संक्रमण दर बढ्दै जानु र भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्याउँदै गर्दा नेपालमा पनि कोरोना को संक्रमण तिब्र रुपमा फैलिरहेको छ ।

नेपालमा २०७६-१२-११ बाट सुरुभएको बन्दाबन्दि विभिन्न चरणमा थप्दै आगामी २०७७- जेठ २० गते सम्म घोषणा गरिएको छ । बन्दाबन्दीको ऐले ६५ औं भन्दा धेरै दिन भइरहँदा संक्रमण चौथो अंकमा सुरु भएको छ। साथै निको हुनेको संख्या १८७ भन्दा धेरै छ भने ५ जनाको मृ*त्यु भएको छ । जुन विश्वको तुलनामा अत्यन्त न्यून हो । बरु कोरोना भन्दा बन्दाबन्दि बढ्दै जाने हो भने खाद्य संकट, मनोवैज्ञानिक संकट तथा आर्थिक संकटले सताउन सक्ने खतरा देखिन्छ । विद्यालय तथा विश्वविद्यालय का सम्पूर्ण परीक्षा कार्यक्रमहरू स्थगित भइरहँदा विद्यार्थीहरुको पढाई प्रतिको अन्योलता बढेको छ ।

यही परिस्थिति रहिरहने हो भने अझ केही महिना बन्दाबन्दी लम्बिने देखिन्छ जसले गर्दा कोरोना ले भन्दा अन्य कारणले मानिसको मृ`त्यु तथा अन्य समस्याको भ*यावह अवस्था आउन सक्छ भन्नेमा दुईमत छैन । यस अवस्था बाट बच्न विश्वका धेरै देशले बन्दाबन्दीको विकल्पमा सामाजिक दूरी तथा व्यक्तिगत सुरक्षाका साधन(माक्स तथा sanitizer) को प्रयोग गरी दैनिक कामहरू सञ्चालन गरेजस्तै नेपालमा पनि तेता तिर ध्यान दिन सकिन्छ की ?

आदित्य चालिसे ( शिक्षक कुर्घा आधारभूत विद्यालय मुसिकोट नगरपालिका – ६, गुल्मी )

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित