गुल्मी । गुल्मीमा क्वारेन्टाईनमा बसेका एक जनाले आ*त्मह*त्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आ*त्मह*त्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताउनुभयो ।
भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पा*सो लगाएर आ*त्मह*त्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताउनुभयो ।
खाना नआएपछि खोज्ने क्रममा रुखमा झु*ण्डी*एको अवस्थामा फेला परेको न्यौपानेले बताउनुभयो । श*वलाई पो*ष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको एसपी खड्काले जानकारी दिनुभयो । यसबारे थप अ*नुस*न्धान भइरहेको प्रहरीले जनाएको छ ।
(साभार अनलाईन खबर)