मुसिकोट उदासीन बनेको भन्दै काँग्रेसले क्वारेन्टाईनको अनुगमन थाल्यो !

मुसिकोट उदासीन बनेको भन्दै काँग्रेसले क्वारेन्टाईनको अनुगमन थाल्यो !

Badigad Online
3 Min Read

बडिगाड अनलाईन । नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले नगरपालिका भित्र रहेका क्वारेन्टाईनको अनुगमन थालेको छ । भारतबाट आउनेको संख्या बढ्दै गएपनि क्वारेन्टाईन व्यवस्थापनमा भने नगरले कुनै चासो नदिएकाले आफै क्वारेन्टाईन अनुमगन र व्यवस्थापनमा लागि परेको अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

काँग्रेसले नगरपालिका भित्र रहेका सबै क्वारेन्टाईनको अनुमगन गर्ने पनि उहाँको भनाई छ । आज पहिलो दिन ६ वटा सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गरिएको उहाँले बताउनुभयो । वडा नं १, २, ३ र ४ मा रहेका क्वारेन्टाईनको अनुगमनको क्रममा क्वारेन्टाईनमा रहेकाहरुले व्यापक गुनासो गरेको उहाँको भनाई छ ।

क्वारेन्टाईनमा बस्नेहरुलाई न्यूनतम सेवा सुविधा समेत नभएको तथा कतिपय क्वारेन्टाईनमा हात धुने साबुनको समेत व्यवस्था नभएकाले ती क्वारेन्टाईनहरुमा साबुन समेत वितरण गरिएको नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सचिव मोहन घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले क्वारेन्टाईनमा ल्याएर थन्काउने काम मात्रै गरेको र उनीहरुको स्वास्थ्य परिक्षणका लागि एकपल्ट पनि नपुगेको गुनासो आएको उहाँले बताउनुभयो ।

विना पूर्वाधार निर्माण गरिएका क्वारेन्टाईनमा फरक फरक विद्यालयमा फरक फरक मापदण्ड अनुसार तैयार गरिएको र कतिपय क्वारेन्टाईनमा तारजालीको समेत व्यवस्था गरिएपनि क्वारेन्टाईनमा सेवा प्रदान गर्ने मान्छेले सामाजिक दुरीको पालना गर्ने नगरेको पाईएको नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य हरिनारायण सापकोटाले जानकारी दिनुभयो । त्यस्तै उहाँले स्थानीय स्तरमा गठन गरिएका कोरोना विपद व्यवस्थापन समितिका पदाधिकारीहरुले नै नगरपालिकाले प्रयाप्त सहयोग र समन्वय नगरेको गुनासो गरेको बताउनुभयो ।

क्वारेन्टाईन अनुगमनमा नेपाली काँगे्रस मुसिकोट नगरकार्यसमिति सभापति सुदर्शन शाक्य, सचिव मोहन घिमिरे, नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हरिनारायण सापकोटा, मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारी, दलित सघं नगरसभापति दिनेश खाति, वडा नं १ का तरुणदल अध्यक्ष भिम पाण्डेय लगायतको उपस्थिति रहेको थियो । साथै काँग्रेसले क्वारेन्टाईनको अनुमगन पछाडी नगरपालिकालाई एकपटक सचेत गराउने र उनीहरुको स्वास्थ्यमा खेलवाड गरे कडा रुपमा प्रस्तुत हुने बताएको छ । साथै नगरपालिकाले गरेका कमीकजोरीहरुको विषयमा नगर कार्यपालिकामा कुरा राख्ने र जनताको पक्षमा अझै सक्रिय भएर लाग्ने निर्णय गरेको पनि बताईएको छ ।

चाउचाउ र पानीको भरमा ६ दिन पैदल हिँडेर गुल्मी : ज्वरोसम्म परिक्षण नभएको गुनासो

क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परिक्षणका लागि अन्य स्थानीय तहले ५ दिन पुरा गरेपछि स्वाव सकंलनको काम सुरु गरेपनि मुसिकोटले भने सामान्य ज्वरो समेत परिक्षण नगरेको मुसिकोट माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका विजय नेपालीले दुखेसो गर्नुभयो । साथै उहाँले वडा कार्यालयले व्यवस्थापन नगर्दा आफुहरु ६ दिन काठमाण्डौबाट चाउचाउ र पानीको भरमा हिँडेर आएको पनि बताउनुभयो । वडा कार्यालयमा सम्पर्क गरेर भाडा आफै तिर्छौँ गाडी पठाउनुस् भन्दा पनि पठाउन नसक्ने बताएको उहाँले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित