मुसिकोट ६ कुर्घामा अहिलेसम्म ४१ जना क्वारेन्टाईनमा !

मुसिकोट ६ कुर्घामा अहिलेसम्म ४१ जना क्वारेन्टाईनमा !

Badigad Online
2 Min Read

महेन्द्र कौशल/श्रीजन केसी । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि मुसिकोट नगरपालिका वडा नं ६ ले वडास्तरीय कोरोना विपत व्यवस्थापन समितिको गठन गरेको छ । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढ्दै जान थालेपछि वडामा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थापन तथा उनीहरुको रेखदेख र सक्रंमण हुन नदिन वडास्तरीय समितिको गठन गरिएको वडाध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिनुभएको छ ।

समितीले दिएको जानकारी अनुसार आजसम्म भारतबाट वडा भित्र भित्रिएका ४१ जनालाई वडाका विभिन्न सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनमा राखिएको छ । जसमध्ये ३७ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरुमध्ये २२ जनालाइ भुवाचिदीमा रहेको त्रिभुवन मा.विको क्वारेन्टाईनमा र १३ जना भगवती प्राथमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको तथा ३ जना खड्क देवी प्रा.वि.र ३ जना नै शिव प्रा.वि.मा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

भुवाचिदीको त्रिभुवनमा.विमा ४ जना महिला र १८ जना पुरुष गरी २२ जना क्वारेन्टाइनमा रहेको बिपत ब्यवस्थापन समिती संयोजक तथा विद्यालयका प्रधानाध्यापक जित बहादुर रायमाझीले जानकारी दिनुभएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ६ का विद्यालय शिक्षक,कर्मचारी,युवा क्लब,आमा समूह लगाएत सम्पुर्ण पदाधिकारी र प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरि बनाइएको बिपत ब्यवस्थापन समितिमा करिब ४० जना रहेका छन । उनीहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको रेखदेख, व्यवस्थापन र सुरक्षाका लागि २/२ समुहमा बनाएर काम खटाईएको रायमाझीले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित