बडिगाड गाउँपालिकामा क्वारेन्टाईनमा रहेका थप ५० जनाको स्वाव सकंलन !

बडिगाड गाउँपालिकामा क्वारेन्टाईनमा रहेका थप ५० जनाको स्वाव सकंलन !

Badigad Online
2 Min Read

सागर भण्डारी, बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिकाले भारतबाट आई क्वारेन्टाईनमा बसेका ५० जनाको स्वाव सकंलन गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा गरेका उनीहरुकोे पीसीआर परिक्षणका लागि स्वाव सकंलन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।

जसमध्ये भानु माध्यमिक विद्यालय ग्वालिचौर क्वारेन्टाईनमा रहेका ५० जनाको स्वाव सकंलन गरी परिक्षणका लागि गण्डकी प्रादेशिक प्रयोगशाला पोखरा पठाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले यस अगाडी पनि निरन्तर स्वाव सकंलनको काम गरिरहेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा भएपछि उनीहरुको स्वाव सकंलन गर्ने उहाँको भनाई छ ।

स्वाव सकंलनका लागि धौलागिरी अस्पताल बाग्लुङका वरिष्ठ ल्याव टेक्निसियन सुरज बरालको नेतृत्वमा स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली प्रसाद आचार्यको टोली बडिगाड आएको थियो । बुधवार क्वारेन्टाईनमा रहेका २ जनामा कोरोना सक्रंमण देखिएपनि सचेत रहन र नआत्तिन गाउँपालिका अध्यक्ष पाईजाले आग्रह गर्नुभएको छ । उहाँहरु भारतबाट आएर गाउँपालिकाले सुरक्षित साथ क्वारेन्टाईनमा राखेकाले त्रसित हुनुपर्ने स्थिति नभएको र उहाँहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक टे«सिङ समेत गरिएकाले त्रसित नभई सयंम र सावधानी हुन सबै नागरिकलाई आग्रह गर्नुभएको छ । साथै उहाँले नेपाल सरकारले जारी गरेको लकडाउन र गाउँपालिकाले बनाएका नियमहरुलाई पालना गर्न पनि सबैसगं आग्रह गर्नुभएको छ ।

यसैबीच गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाईनमा बस्नेहरुको संख्या  ३ सय ५० भन्दा माथि पुगेको छ । गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनमा पछिल्लो समय भारतबाट आएर बस्नेहरुको संख्या उक्त संख्यामा रहेको गाउँपालिकाका कोरोना विपद व्यवस्थापन तथा द्रुत समितिका सयोंजक कृष्ण गुरुङले जानकारी दिनुभयो । पहिलो पटक एक निजी विद्यालयलाई पनि क्वारेन्टाईनको रुपमा प्रयोग गरिने भएको छ ।

सामुदायिक विद्यालमा रहेका क्वारेन्टाईनको संख्या भरिन थालेपछि निजी विद्यालयलाई प्रयोग गर्न लागिएको बताईएको छ । शनिवार त्रिभुवन माध्यमिक विद्यालयमा ४ जना र आईतबार आएकालाई वेल्फेयर बोर्डिङ स्कुलको क्वारेन्टाईनमा राखिएको बताईएको छ  ।शुक्रवार त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित