नेता तथा जनप्रतिनिधिद्धारा स्वर्गिय श्रीसको गुनगान, रिघाको धरोहर गुमाएको प्रतिक्रिया !

नेता तथा जनप्रतिनिधिद्धारा स्वर्गिय श्रीसको गुनगान, रिघाको धरोहर गुमाएको प्रतिक्रिया !

Badigad Online
3 Min Read

कमल पौडेल / बागलुङ साविक रिघा गाविसका पूर्व अध्यक्ष होम बहादुर श्रीसको पाचौं दिनको पुण्य तिथिमा विभिन्न संघ संस्थाले घरमै पुगेर श्रद्धाञ्जली सभा मार्फत श्रीसलाई सम्झिएका छन्। यसैविच नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य सुनिल शेरचनले सिँगो पार्टीले पश्चिम बागलुङको होनाहार सिपाहि गुमाएको टिप्पणी गर्नुभएको छ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरकमिटि तथा रिघा वडा कमिटिको संयुक्त श्रद्धाञ्जली सभामा शेरचनले व्यवहारमा नैतिकता र विचारमा प्रस्टता भएको व्यक्ति भन्दै होम बहादुरको उत्तराधिकारीको रुपमा वडा अध्यक्ष डम्बर श्रीस हिँडेको बताउनु भयोे। कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य विष्णु प्रसाद भुसालले स्वर्गिय श्रीस त्याग र समर्पणको ज्वलन्त उदाहरण भन्दै स्मरण गर्नुभएको थियो। स्वर्गिय श्रीस रिघा गाविस उपाध्यक्ष हुँदा गाविस अध्यक्ष रहनुभएका बाबुराम नेपालीले सामाजिक निष्ठा सहित अग्रसर भई सामाजिक भलाइमा लाग्नु नै श्रीस प्रतिको सम्मान हुने बताउनु भएको छ।

त्यस्तै स्वर्गिय श्रीस रिघा गाविस अध्यक्ष हुँदा उपाध्यक्ष रहनुभएका नेकपा जिल्ला कमिटि सदस्य गंगा भुजेलले श्रीसको योगदानको चर्चा गर्नुभएको थियो। सो कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरकमिटिका अध्यक्ष ललित श्रीसको अध्यक्षता तथा रिघा वडा कमिटि अध्यक्ष श्याम विकको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कार्यालय सदस्य लाल बहादुर थापा लगाएत जिल्ला तथा स्थानिय स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

त्यस्तै आजै गल्कोट नगरपालिकाले पनि वडा नं. ११ रिघाका वडा अध्यक्ष डम्बर श्रीसका पुजनिय पिता स्वर्गिय होम बहादुर श्रीसको ५ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। सो कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले सिँगो परिवार नै सामाजिक सेवामा लागेको भन्दै बाबाले सुरु गरेको समाज प्रतिको दायीत्वमा सचेत रहने ज्ञान सहकर्मि डम्बर श्रीसमा देखिएको भन्दै स्वर्गिय श्रीसको स्मरण गर्नुभएको थियो ।सामाजिक व्यक्तित्व कम जन्मने भन्दै मेयर शर्माले श्रीसको निधनले गल्कोट नगरवासि नै मर्माहत भएको भन्दै डम्बर श्रीस सहित शोकाकुल परिवारजन प्रति गहिरो समबेदना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा उपमेयर रेनुका काउचा, प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेल, श्रोत व्यक्ति दिनेश पन्त लगाएतको सहभागिता रहेको थियो। त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोट नगरकमिटि अध्यक्ष राम बहादुर खत्रि, एकिकृत शिक्षक संगठनका गल्कोट नगर संयोजक चुडामणि शर्माले श्रद्धाञ्जली तथा समवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो। शेयर सदस्य डम्बर श्रीसको पिताको निधन भएको भन्दै सिवाईसि बचत तथा ऋण सहकारी संस्थाले राहत सहित समबेदना पत्र हस्तान्तरण गरेको छ भने स्थानिय सामुदायीक बन, सहकारी सहित दर्जन वढि संघ संस्थाले समबेदना व्यक्त गरेका छन्।

पाचौं दिनको पुण्य तिथिमा नेपाली काग्रेस गल्कोट उपसभापति यज्ञ सापकोटा, गल्कोट बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख देवेन्द्र खत्रि, पार्वति माविका पूर्व प्रअ हर्क पाण्डे, रत्नलक्ष्मी माविका पूर्व प्रअ दामोदर शर्मा लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। पूर्व गाविस अध्यक्ष, प्रधानपञ्च समेत रहनुभएका श्रीसको यहि जेठ १३ गते हृदयघातको कारण ६७ वर्षको उमेरमा निधन भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित