एउटा वर्षाले गर्दा अर्की वर्षा तनावमा !

एउटा वर्षाले गर्दा अर्की वर्षा तनावमा !

Badigad Online
2 Min Read

काठमाण्डौ । गत आइतबार अभिनेत्री वर्षा राउतको एउटा अभिव्यक्ति भाइरल भएको थियो । नेपाल र भारतबीच उत्पन्न सीमा विवादको सन्दर्भमा उनले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिप विवादित बनेपछि त्यसले सामाजिक संजालमा ठूलै तहल्का मच्चायो ।

उक्त भिडियो क्लीपमा वर्षाले भनेकी थिईन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त ‘टेबल टक’ गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

यतिसम्म त ठिकै थियो तर उक्त क्लिपमा ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’ भन्ने अभिव्यक्तिको कारण सम्पूर्ण नेपाली उनीविरुद्ध खनिएका थिए । जसकारण वर्षाले आफ्नो फेसबुक अकाउन्टमा लामो स्टाटस राखेर माफी नै माग्नुर्पयो ।

तर वर्षाले माफी मागे पनि उनका कारण एउटै नाम भएकी अर्की नेपाली अभिनेत्री वर्षा सिवाकोटी भने तनावमा परेकी छिन् । दुवैको एउटै नाम र लगभग उस्तै अनुहार भएको कारण उक्त अभिव्यक्ति आफूले दिएको सोचि कतिपय मानिसहरुले उनलाई सामाजिक संजालमा मात्र नभई पर्सनल म्याासेजमा पनि गाली गरिरहेको सिवाकोटीको भनाई छ ।

जसले गर्दा वर्षा सिवाकोटीले सामाजिक संजालमा आफ्नो एक फोटो पोष्ट्याउँदै लेखेकी छिन् – नमस्ते म वर्षा सिवाकोटी धन्यवाद । मेसेज पठाउनु र कमेन्ट गर्नु अघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।

cp-kendrabinunews

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित