सिन्धुपाल्चोक । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका एक वृद्धको अचानक मृ*त्यु भएपछि गाउँमा त्रा*स फैलिएको छ । सदरमुकामस्थित मेलचौरमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेर घर फर्किएका चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ७० वर्षीय वृद्धको शनिबार राति अचानक मृ*त्यु भएपछि गाउँमा त्रा*स फैलिएको हो ।
ललितपुरको हरिसिद्धिबाट बैशाख ११ गते गाउँ फर्किका उनी १४ दिन क्वारेन्टाइनमा बसी बैशाख अन्तिम साता घर फर्किएका थिए । आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टाइन अवधी सकेर उनलाई घर पठाइएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सामान्य अवस्थामा रहेका उनको शनिबार राति साँढे नौ बजेतिर मुटु उपचारका लागि स्वास्थ्य केन्द्र लाँदै गर्दा बाटोमा मृ*त्यु भएको वडाअध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए ।
वृद्धको मृ*त्यु भएको खबर पाएलगत्तै घ*टना*स्थल पुगेका गौतमले परिवारका सदस्यलाई उद्धृत गर्दै बताए अनुसार उनले राति मुटु दुख्न थाल्यो भनेका थिए। उनलाई श्वास–प्रस्वासमा समेत समस्या आएपछि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा उनको मृ*त्यु भएको थियो ।‘क्वारेन्टाइन बसेर आएकाले गाउँमा केही त्रा`स फैलिए पनि उनको मृ*त्युअघि कोरोना भाइरसको कुनै संकेत नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन’, वडाअध्यक्ष गौतमले भने‘सामान्य अवस्थामा मटु दुखेर मृ*त्यु भएकाले हृ*दयघा*त भएको हुनसक्ने हाम्रो अनुमान छ ।’ स्वास्थ्यकर्मीसँग मृ*त्युअघि देखिएको उनको लक्षण बताउँदा पनि हृ*दयघा*तले उनको मृ*त्यु भएको हुनसक्ने जानकारी दिएको गौतमले बताए ।
क्वारेन्टाइन बसेर आएपछि उनको मृ*त्यु भएकाले सर्वसाधारणमा भएको त्रा*स मेटाउन मृ*तकको स्वाब परीक्षणका लागि नमुना संकलन गरी राजधानीस्थित प्रयोगशाला पठाइएको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ । स्वाब संकलनपछि मृ*तकको स्थानीय संस्कार अनुसार सुरक्षाको विधि अपनाएर दा*हसंस्कार गर्ने तयारी गरिएको वडाअध्यक्ष गौतमले बताए । Annapurna