बडिगाडले क्वारेन्टाईनमा बसेकाको धमाधम कोरोना परिक्षण थाल्यो,५० जनाको स्वाव सकंलन !

बडिगाडले क्वारेन्टाईनमा बसेकाको धमाधम कोरोना परिक्षण थाल्यो,५० जनाको स्वाव सकंलन !

Badigad Online
1 Min Read

बडिगाड अनलाईन । बाग्लुङको बडिगाड गाउँपालिकाले भारतबाट आई क्वारेन्टाईनमा बसेका ५० जनाको स्वाव सकंलन गरेको छ । शनिवार पनि ५० जनाको स्वाव सकंलन गरि पठाईएकोमा आईतबार पुन भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा गरेका उनीहरुकोे पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिएको गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।

जसमध्ये पौँदीटारी आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा रहेका ५० जनाको स्वाव सकंलन गरी परिक्षणका लागि गण्डकी प्रादेशिक प्रयोगशाला पोखरा पठाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले यस अगाडी पनि निरन्तर स्वाव सकंलनको काम गरिरहेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा भएपछि उनीहरुको स्वाव सकंलन गर्ने उहाँको भनाई छ ।

स्वाव सकंलनका लागि धौलागिरी अस्पताल बाग्लुङका वरिष्ठ ल्याव टेक्निसियन सुरज बरालको नेतृत्वमा स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली प्रसाद आचायले सहजीकरण गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित