नेपाली काँग्रेस मुसिकोटद्धारा नगरभित्रका क्वारेन्टाईनको अनुगमन जारी !

नेपाली काँग्रेस मुसिकोटद्धारा नगरभित्रका क्वारेन्टाईनको अनुगमन जारी !

Badigad Online
2 Min Read

बडिगाड अनलाईन,गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले नगरपालिका भित्र रहेका क्वारेन्टाईनको अनुगमन गर्ने काम जारी राखेको छ । भारतबाट आउनेको संख्या बढ्दै गएपनि क्वारेन्टाईन व्यवस्थापनमा भने नगरले कुनै चासो नदिएकाले आफै क्वारेन्टाईन अनुमगन र व्यवस्थापनमा लागि परेको अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

काँग्रेसले नगरपालिका भित्र रहेका सबै क्वारेन्टाईनको अनुमगन गर्ने पनि उहाँको भनाई छ । आज दोस्रो दिन ५ वटा सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गरिएको उहाँले बताउनुभयो । वडा न. ७, ८ र ९ मा रहेका क्वारेन्टाईनको अनुगमनको क्रममा कतिपय क्वारेन्टाईनमा व्यवस्थापन राम्रो रहेको भएपनि कतिपय क्वारेन्टाईनमा भने व्यापक गुनासो गरेको उहाँको भनाई छ ।

अनुगमनका क्रममा क्वारेन्टाईनमा बसेको १२ दिन पुग्दा पनि परिक्षणको व्यवस्था नगरिएको, क्वारेन्टाईन भित्रै आफैले खाना पकाएर खानु परेको , न्यूनतम स्वास्थ्य सामाग्री मास्क सेनिटाईजर लगायतको अभाव रहेको पाईएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव विष्णु सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले क्वारेन्टाईनमा ल्याएर थन्काउने काम मात्रै गरेको र उनीहरुको स्वास्थ्य परिक्षणका लागि एकपल्ट पनि नपुगेको गुनासो आएको उहाँले बताउनुभयो ।

लकडाउनको मौका छोपेर केही व्यवसायीले मनलाग्दी भाडा लिएको र कतिपय व्यक्ति सुनौली देखि ३ हजारसम्म भाँडा तिरेर आउँदा पनि नगरपालिकाले अनुगमन नगर्नु दुखद रहेको नेपाली काँग्रेस मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारीले जानकारी बताउनुभयो । त्यस्तै उहाँले स्थानीय स्तरमा गठन गरिएका कोरोना विपद व्यवस्थापन समितिका पदाधिकारीहरुले नै नगरपालिकाले प्रयाप्त सहयोग र समन्वय नगरेको गुनासो गरेको बताउनुभयो ।

साथै शारदा विद्या मन्दिर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहनुभएका एक जनाले नगरपालिकाले आफुहरुलाई वेवास्ता गरेको आरोप लगाउनुभएको छ । क्वारेन्टाईनमा बसेदेखि कुनै पनि जनप्रतिनिधि भेट्न समेत नआएको भन्दै उहाँले तत्काल स्वास्थ्य परिक्षणको माग गर्न माग गर्नुभएको छ । क्वारेन्टाईन अनुगमनमा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति सुदर्शन शाक्य, जिल्ला सचिव विष्णु कुमारी सापकोटा, मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

साथै काँग्रेसले क्वारेन्टाईनको अनुमगन पछाडी नगरपालिकालाई एकपटक सचेत गराउने र उनीहरुको स्वास्थ्यमा खेलवाड गरे कडा रुपमा प्रस्तुत हुने बताएको छ । साथै नगरपालिकाले गरेका कमीकजोरीहरुको विषयमा नगर कार्यपालिकामा कुरा राख्ने र जनताको पक्षमा अझै सक्रिय भएर लाग्ने निर्णय गरेको पनि बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित