कमल पौडेल /खर्वाङ, बागलुङ । अहिले सिँगो विश्व कोरोना कहरबाट गुज्रिरहेको छ। अर्थतन्त्रमा भारी गिरावाट आइरहेको छ भने अहिले सम्म अवलम्बन गरिएका अर्थव्यवस्था माथि नै प्रश्न उठ्न थालेको छ। संसार पिरोलिएको विषयमा नेपाल अछुतो रहने कुरै रहेन। नेपालमा चैत्र दोश्रो साताबाट सुरु भएको बन्दाबन्दि अहिले पनि चलिरहेको छ, यसको अन्त्य कहिलेरु उत्तर सायद छैन।
बन्दाबन्दिले कोरोना नियन्त्रणमा रहेको भन्दै गर्दा रोजगारीको शिलशिलामा भारत पुगेका र भारतवाट नेपाल आउने नागरिक बढेसँगै कोरोना सन्त्रास वढिरहेको छ। देश भर रहेका ७ सय ५३ पालिकाहरुले आआफ्नो तरिकाले भारतमा पुगेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन्। तर उचित क्वारेन्टाइन व्यवस्थापन गर्न चुकिरहेका छन्। नेपाल सरकारले कोरोना भाइरस (COVID-19) सम्बन्धी क्वोन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ लागु गर्दै स्थानिय तहहरुलाई सोहि बमोजिम क्वारेन्टाइन व्यवस्थापन गर्न निर्देशन गरेको छ। तर स्थानिय तह संग सो क्षमता छैन।
जस्तै मापदण्डले हरेक क्वारेन्टाइनमा मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका, प्यारामेडिक सहित जनशक्ति हुनुपर्ने भनेको छ। तर धेरै स्थानिय तहले मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका देख्न पनि पाएका छैनन्। बालबालिका, जेष्ठ नागरिक, गर्भवति तथा दिर्घरोगीहरुलाई क्वारेन्टाइनमै छुट्टै व्यवस्था भनेको छ तर त्यो अहिलेका क्वारेन्टाइनमा देखिएका छैनन्। अहिले स्थानिय तहहरु कुन मोडलमा क्वारेन्टाइन व्यवस्थापन गर्नेरु कति क्वारेन्टाइन आवश्यकता पर्नेरु लगाएतको योजना बनाउन र कार्यान्वयन गर्न जुटिरहेका छन् जुन आफैमा प्रयाप्त छैनन् तै पनि प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्न लागि परेका छन्।
यसै विच बडिगाड गाउँपालिकाले गरेका प्रयास र उसले अपनाएको तरिकाको विषयमा म यहाँ चर्चा गर्न गैरहेको छु। चैत्र दोश्रो साताबाट बन्दाबन्दि सुरु भएपछि देश भित्र विभिन्न स्थानमा समस्यामा परेका नागरिकलाई गाउँपालिका भित्राउन र सुरक्षीत राख्न र घरमै एकान्तवासमा बसाउन प्रयत्न सुरु गरेको गाउँपालिकाले देश वाहिरवाट आएका नागरिकलाई उद्धार गर्दै गाउँपालिका भित्र विभिन्न स्थानमा तयार गरिएका एकान्तवासमा राख्ने काम सुरु गर्यो। निकै सन्त्रासमा भएका स्वास्थ्यकर्मि, सुरक्षाकर्मिलाई विश्वासमा लिन पिपिइ, थर्मलगन, मास्क, सेनिटाइजर लगाएत स्वास्थ्य सामाग्रि सहित अगाडि वढेको गाउँपालिका राहत वितरणमा कठोर बन्ने निति लियो।
तत्कालै राहत वितरण गर्न नहुने पक्षमा रहेको पालिका चौतर्फि दवाव पछि गाउँपालिका भर ५ सय ८५ परिवारलाई राहत वितरण गर्यो।पहिलो चरणमा भारतवाट फर्किएका १ सय ७१ नागरिकको RDT परिक्षण गरेको पालिकाले दोश्रो चरणको रणनिति बनायो। विश्वमा कोरोनाको संक्रमणको गतिको आधारमा ३२ हजार वढि जनसंख्या भएको गाउँपालिकामा १४ हजार १ सय ११ जना नागरिकलाई कोरोनाको लक्षण देखिन सक्ने र २८ सय २३ जनालाई अस्पताल भर्ना गर्नुपर्ने र २ सय ८२ जनालाई भेन्टिलेटर चाहिने भएकोले समयमै सजक हुनुपर्ने निस्कर्ष निकाल्यो। सोहि अनुसार औषधि सहित स्रोतले भ्याएसम्म तयारीमा लाग्न सुरु गर्यो।
दोश्रो चरणमा भारतवाट अधिकतम ५ सय जना रोजगारी गुमेर फर्किन सक्ने र उनिहरुको लागि क्वारेन्टाइन व्यवस्थापन गर्न ६ ओटा विद्यालयमा सकिने निष्कर्ष पूर्ण सफल हुन सकेन। किनकी गाउँपालिकाले भने झैं गरेर नागरिक नफर्किइ आफ्नै तरिकाले लुकेर फर्किदा केहि चुनौती थपियो। शुरुमा हरेक वडा र टोलमा रहेका विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी गरेको गाउँपालिका क्वारेन्टाइन व्यवस्थापन निर्देशिका र आफ्नै अनुभवले पछाडि हट्यो। आफ्नै अनुभव के थियो भने गाउँपालिकाले क्वारेन्टाइनमा वस्न भनेका मानिस रातको समयमा लुकेर घरमा पुग्ने र विहान आउने।
त्यसपछि गाउँपालिकाले नयाँ योजना बनायो निश्चित क्वारेन्टाइन क्षेत्र तोकेर, भारतवाट आउने नागरिकलाई क्रमैसंग व्यवस्थापन गर्दै जाने त्यो गर्दा एक क्षेत्रको नागरिक अर्को क्षेत्रमा पनि पर्न सक्ने र सिँगो व्यवस्थापन गाउँपालिकाले गर्ने। त्यो भनेको पालिका भित्र मध्येपहाडि लोकमार्गको पहुँचमा रहेका केहि विद्यालयमा मात्रै क्वारेन्टाइन बनाउने जस अन्तरगत वडा नं। २ को त्रिभुवन नमुना मावि, वडा नं। ५ को भानु मावि, खार मावि, पौदिटारी आधारभुत विद्यालय, वेयलफियर आवासिय मावि, वडा नं। ६ को बुद्ध मावि र वडा नं। ७ को भिमगिठे माविमा अहिले क्वारेन्टाइन सञ्चालनमा रहेका छन्।
भारतमा रहेका नागरिक फर्किन थालेपछि गाउँपालिकाले वडा नं। ७ का अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा राजन पाइजा र सुचना अधिकृत निसान अधिकारी रहेको द्रुत समन्वय समिति गठन गरि आवश्यक समन्वय गर्दै भारतवाट हिँडेका नागरिकलाई नाका मै गाडि पुर्याएर उद्धार सुरु गर्यो। सुनौलिमा एक जना सम्पर्क व्यक्ति तोकी कृष्ण नगर र सुनौलि नाकावाट उद्धार गरिरहेको छ। यसरी एउटा बसमा ल्याएका मानिसलाई एउटा क्वारेन्टाइनमा राख्दै हाल सम्म ३३१ नागरिक क्वारेन्टाइनमा रहेका छन्। जस अन्तरगत २९८ जना पुरुष, ३ जना वालिका, ८ जना बालक, २६ जना महिला मध्ये एक जना गर्भवति समेत छन्। वालवालिका र गर्भवतिको लागि सहज कोठाको व्यवस्थापन गरिएको र परिवार संग समन्वय गरि पोषणमा ख्याल गरिएको गाउँपालिकाले जनाएको छ।
ति नागरिकको सहि व्यवस्थापनको लागि स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट चुडामणि कँडेलको नेतृत्वमा जनस्वास्थ्य निरिक्षक दिपेन्द्र केसि र ल्याव टेक्निेसियन अनिता थापा रहेको Case Invistication and Cantact tracing Team गठन गरि आवश्यक तयारी गर्यो। सुरक्षाको लागि प्रहरी जनशक्ति कम भएको भन्दै माथिल्लो निकायमा अनुरोध गरि जनशक्ति थप्ने काम पनि गर्यो। जस अनुसार अहिले सञ्चालनमा आएका क्वारेन्टाइनमा कम्तिमा हेल्थ असिस्टेन्ट सहित २ जना स्वास्थ्य कर्मि, २ जना प्रहरी, स्वयंसेवक सहित २४ घण्टा रेखदेख गरेको छ भने प्रत्येक क्वारेन्टाइनमा वस्ने नागरिकको दैनिक स्वास्थ्य अवस्था जाँच्ने व्यवस्था मिलाएको छ। पूर्ण मापदण्ड नभएपनि न्युनतम झुल, परिवारको समेत सहयोगमा वेड विस्तरा सहित खानाको लागि मेस सञ्चालन गरिएको छ। प्रत्येक क्वारेन्टाइनमा पिपिइ, मास्क, सेनिटाइजर सहित खाना खुवाउने स्वयंसेवक को प्रवन्ध गरेको छ।
सुरुमा केहि असन्तुष्टि जनाएका स्थानियहरुले अहिले गाउँपालिकालाई पूर्ण साथ दिएका छन्। गाउँपालिकाका आम नागरिकको सहयोगले आफुहरुलाई काम गर्न हौसला वढेको सम्बद्ध अधिकारीले जनाएका छन्। स्थानियले आफ्नो नजिकको क्वारेन्टाइनमा गर्न सक्ने सहयोग गरिरहेका छन्। कतिपय व्यक्तिले गाउँपालिकाको विपद्व्यवस्थापन कोषमा रकम जम्मा गरिरहनु भएको छ भने सामाजिक संघ संस्थाहरुले पनि सहयोग गरेका छन्। कतिले क्वारेन्टाइनमा लाग्ने खाना खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ।
हाल सम्म गाउँपालिका भित्र १४५ जनाको पिसिआर को लागि स्वाब संकलन गरिएकोमा ३९ जनाको रिपोर्ट आइसकेको छ। जसअनुसार २ जनामा कोरोना पोजेटिभ देखिएपछि धौलागिरि उपप्रादेशिक अस्पताल बागलुङको आइसुलेसनमा उपचार भैरहेको छ। वाँकीको नतिजा नेगेटिभ आएपछि बडिगाड वासि हौसिएका छन्। क्वारेन्टाइनमा वसेको ५ दिन पुग्दा साथ पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको छ भने पिसिआर जाँचमा कोरोना नेगेटिभ आएका नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखि आरडिटि टेस्ट गरि घर पठाउने कार्यक्रम तय गरिएको छ। अहिले सम्म गाउँपालिकाले कोरोना कहरको लागि राहत समेत गरि ३४ लाख वढि भुक्तानि दिएको छ भने हाल सम्म जम्मा ५० लाख भन्दा माथि खर्च भएको अनुमान छ। जसको लागि गाउँपालिकाको पुँजिगत खर्च अन्तरगतको रकमबाट काटिएको छ।
प्रदेश सरकारको ५ लाख, राहत कोषमा स्थानियहरुको सहयोग र पुँजिगत तर्फको वार्षिक कार्यक्रमबाट रकम कटौती गरि विपद्कोषमा लगेर खर्च गरिएको छ। तर भौतिक विकासको बजेट भने काटिएको छैन। तालिम, भ्रमण लगाएत शिषकको वजेट कटाएर विपद कोषमा राखि खर्च गरिएको हो। बडिगाड गाउँपालिकाले क्वारेन्टाइनमा खट्ने स्वयंसेवकहरुलाई गाउँपालिका संग सम्झौता गराएर नियुक्ति पत्र दिइएको, खाना पकाउने, सुरक्षामा कर्मी, स्वास्थ्य कर्मिहरुको पिसिआर जाँचको तयारी गरेको, एम्बुलेन्स चालकलाई प्रत्येक १५ दिनमा पिसिआर जाँचको व्यवस्था गरेको सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ।
गाउँपालिका भित्र भएका २ वटा एम्बुलेन्सलाई गाउँपालिकाले कोरोना अवधिको लागि आफ्नो मातहतमा लिइ, चालकलाई सरकारी चालक सरह हुने गरि नियुक्ति दिई सत प्रतिशत भत्ताको व्यवस्था गरि परिचालन गरेको छ। वडा नं। १ का अध्यक्ष बोम बहादुर थापाको नेतृत्वमा खाद्यान्न व्यवस्थापन समिति, वडा नं। ३ का अध्यक्ष खड्क पुनको नेतृत्वमा लकडाउन प्रभावकारी बनाउने समिति परिचालन गरेको छ। गण्डकी प्रदेशको समेत नाका रहेको वडा नं। २ मा वडा अध्यक्ष ढाल प्रसाद शेरचन सहितको टोलीले प्रभावकारी काम गरिरहेको छ।
गाउँपालिका अध्यक्ष सहित सवै वडा अध्यक्षहरु फिल्डमै खटिरहनुभएको छ भने प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी नेतृत्वको कर्मचारी, निरञ्जन यादव नेतृत्वको स्वास्थ्यकर्मि पूर्णरुपमा कार्यसम्पादनमा खटिएका छन्। बन्दाबन्दिको समयमा पनि बडिगाड गाउँपालिकाका सवै कर्मचारी हाजिर छन् र निरन्तर काममा छन्। प्रत्येक कर्मचारीको कार्यविभाजन गरि कार्य भैरहेको छ। थप २ सय जना क्वारेन्टाइनमा राख्न क्षमता तयार गरिएको छ भने एक हप्तामा १५ दिन पुगेकाहरुलाइ क्वारेन्टाइनबाट घर फर्काउने कार्य हुने भएकोले भारतमा रहेका नेपालीलाई घर फर्कन हतार नगर्न र संभव भएसम्म एक हप्ता पछाडि फर्कन गाउँपालिकाले आग्रह गरेको छ।
राहत वितरणमा कुनै फोटो सेसन नगरी कुपन प्रणाली लागु गरेको गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गरेको थियो। बडिगाड वासिलाई सञ्चारको माध्यमबाट सुसुचित गराउन सुचना संप्रेसण गरिरहेको छ। भौतिक विकास ९पूर्वाधार निर्माण० को कार्यलाई नरोकेको गाउँपालिकामा सञ्चालित योजनाहरु सामाजिक दुरी कायम गर्दै सञ्चालन भैरहेका छन् । योजना फरफारक सहितका कामलाई द्रुततादिएको गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएपछि भने फरफारकलाई केहि समय रोकेको छ। यद्यपी १ हप्ता पछि पुन सुचारु हुन सक्ने देखिन्छ। अहिले सम्म कुल वजेटको ५१ प्रतिशत माथि भुक्तानि भैसकेको छ।
जस अन्तरगत पुँजिगत तर्फ ४० प्रतिशत वढि भुक्तानि भैसकेको लेखा शाखा अधिकृत डिल्ली प्रसाद शर्माले जानकारी दिनुभएको छ। कैयौं योजनाहरुको कार्यसम्पन्न भएको र फरफारक मात्रै वाँकी रहेकोले वाँकी एक हप्तामा भुक्तानि ७० प्रतिशत पुग्न सक्ने पालिका श्रोतले जनाएको छ। कोरोना कहर संग जुद्धै गरेको बडिगाड गाउँपालिकामा नेपाल सरकारले तोकेकै मापदण्डमा क्वारेन्टाइनहरु सञ्चालन हुन सकेका छैनन् तर राम्रो व्यवस्थापन गर्ने पालिका भित्र बडिगाड गाउँपालिका पर्छ भन्दा अतिसयोक्ति हुने छैन। त्यसैले बडिगाड गाउँपालिकाले गरिरहेको मोडल पनि कोरोना कहरबाट वच्न एउटा उपाय हुन सक्छ। शुभकामना छ बडिगाड गाउँपाकिलालाई कोरोन कहर जित्न सक्नेछ। र सलाम छ सवै स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, जनप्रतिनिधि र सम्बद्ध सवैमा।