बलिउडका ५ अभिनेत्री : जसको डेब्यु फिल्म हिट, अन्य फिल्म फ्लप !

बलिउडका ५ अभिनेत्री : जसको डेब्यु फिल्म हिट, अन्य फिल्म फ्लप !

Badigad Online
2 Min Read

एजेन्सी,मुम्बई । बलिउडमा हिट हुनका लागि त्यस्तो कुनै फर्मुला छैन । त्यसका लागि मिहिनेत र लक दुबै हुन जरुरी मानिएको छ । यसको अलवा मौकाको फाइदा उठाउन जान्ने ब्यक्ति पनि सफल हुने गर्दछन् । बलिउडमा केही यस्ता अभिनेत्री पनि छन् । जसको डेब्यु फिल्म हिट र इन्ट्री दमदार भएको छ । तर पनि अफलताको कारण बलिउडबाट आफुलाई टाढा राखेका छन् ।

सोनल चौहान

सुन्दर अभिनेत्री सोनल चौहानले इमरान हाशमीको फिल्म ‘जन्नत’बाट बलिउड डेब्यु गरेकी थिइन् । पहिलो फिल्ममा उनको सुन्दरता र अभिनयको निकै चर्चा भएको थियो । सोनलले बलिउडमा राज गर्ने अनुमान धेरैको थियो । तर, त्यसपछि उनले कयौ फिल्म काम गरिन् । सफलता भने हात पर्न सकेन ।

ईशा गुप्ता

महेश भट्टको फिल्म ‘जन्जत २’बाट ईशा गुप्ताले बलिउड डेब्यु गरेकी हुन् । उनको पहिलो फिल्म हिट मात्र भएन उनी बलिउडमा चर्चित समेत बनिन् । त्यसपछि पनि उनले केही फिल्ममा काम गरिन् । ती फिल्मबाट उनले सफलता हात पर्न सकिनन् ।

प्रीति झंगियानी

अभिनेत्री प्रीति झंगियानीले सुपरहिट फिल्म ‘मोहब्बते’बाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्म बक्स अफिसमा सुपरहिट साबित भएपछि थुप्रै निर्माता निर्देशकले उनलाई फिल्ममा लिन चाँहन्थे । तर उनी अभिनयबाट बाहिर रहिन् । २००८ मा उनले अभिनेता परवीन डबासका साथ बिवाह गरेकी थिइन् ।

ग्रेसी सिंह

ग्रेसी सिंहले फिल्म ‘लगान’बाट अभिनेता आमिर खानको जोडीको रुपमा बलिउड डेब्यु गरेकी थिइन् । फिल्म हिट भयो । अभिनयबाट पनि उनले तारिफ बटुलिन् । यसपछि उनले जति पनि फिल्म गरिन् । सो फिल्मले उनको करियर माथी उचाल्न सकेन । त्यसपछि उनी बलिउडबाट टाढा भइन् ।

स्नेहा उल्लाल

अभिनेत्री स्नेहा उल्लालले सलमान खान अभिनित फिल्म ‘लकी’बाट बलिउड डेब्यु गरेकी थिइन् । यो फिल्म हिट मात्र भएन । उनको बलिउडमा बेग्लै पहिचान समेत बन्यो । उनले त्यसपछि रोजेको फिल्म भने सफल हुन सकेन । फिल्म लगातार फ्लप भएकोले उनले शारिरिक बिमारीका कारण देखाएर आफूलाई बलिउडबाट टाढा राखिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित