सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिकाको कोराना विपद कोषमा सुर्योदय लघुवित्त वित्तिय संस्थाले आर्थिक सहयोग गरेको छ । कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले सञ्चालन गरेको विपद कोषमा संस्थाको वामी शाखाले नगद रु १० हजार रुपैयाँ सहयोग गरेको हो ।
सो कोषमा सहयोग गर्न नगरपालिकाले सबैसगं आग्रह पनि गरेको छ । उक्त सहयोग रकमको चेक सुर्योदय लघुवित्त वित्तिय संस्था वामी शाखा प्रमुख प्रविन्द्र रेग्मीले मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै भण्डारीले समुदायमा केन्द्रीत सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।
नगरपालिकाले कोरोना रोकथामका लागि गरेको प्रयासका लागि यस्ता सहयोगले काम गर्न अझै हौसला प्रदान गर्ने उहाँको धारणा थियो ।चेक हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष रेग्मीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि नगरपालिकाले चालेका कदममा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले सहयोग गरेको बताउनुभयो ।