गुल्मीका एक कोरोना सक्रंमित निको भएर घर फर्के !

गुल्मीका एक कोरोना सक्रंमित निको भएर घर फर्के !

Badigad Online
2 Min Read

अनिल खत्री, गुल्मी । गुल्मीमा कोरोना संक्रमित एक जना निको भएर घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना भएका दाङ्गको तुल्सीपुर नगरपालिका घर भएका ३१ बर्षीय ओप बहादुर डाँगी संक्रमित निको भएर डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

एक साता अघि कोरोना पोजिटिभ देखिएर भर्ना भएका उनलाई सोमबार डिस्चार्ज गरिएको हो । कोरोना निको भएर डिस्चार्ज भएका डाँगीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्मा, गुल्मी अस्पतालका डक्टर उत्तम पच्या, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण बराल लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले डिस्चार्ज पत्र, कोरोना नेकेटिभ रिर्पोट सहित खादा, फूल दिएर बिदाई गर्नुभएको थियो । उनी मदाने गाउँपालिकामा बैंकमा कार्यरत कर्मचारी हुन् ।

डाँगीलाई कोरोना संक्रमणबाट मृ`त्यु भएका मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय शिक्षकको कन्ट्रयाक्ट टे«सिङ्ग क्रममा भएको पिसिआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमित व्यक्ति झण्डै १ साता अघि जिल्ला सदरमुकाम तम्घासमा बनाइएको आइसुलेसन वार्डमा भर्ना भएका थिए । उनको २ पटकसम्म कोरोना परिक्षणको नेगेटिभ रिजल्ट आएपछि डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताउनुभयो ।

जिल्लामा हालसम्म अरु २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जिल्लाको धुर्कोट गाउँपालिका प्रमुख र अर्का भारतबाट आएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनिहरुको पनि स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताउनुभयो । जिल्लामा हाल २ हजार ३६ वटा वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित