बडिगाडका विभिन्न क्वारेन्टाईनमा बसेका ६९ जनाको स्वाव सकंलन !

बडिगाडका विभिन्न क्वारेन्टाईनमा बसेका ६९ जनाको स्वाव सकंलन !

Badigad Online
1 Min Read

जीवन पाण्डे। बाग्लुङको बडिगाड गाउँपालिकाले भारतबाट आई क्वारेन्टाईनमा बसेका ६९ जनाको स्वाव सकंलन गरेको छ । शनिवार र आईतबार गरी १ सय जनाको स्वाव सकंलन गरि पठाईएकोमा सोमबार पुन भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा गरेका उनीहरुकोे पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिएको गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।

जसमध्ये बुद्ध माधयमिक विद्यालय बडिगाड ६ खालमा निर्माण गरिएको क्वारेन्टाईनमा रहेका ४३ जना, बडिगाड ५ स्थित भानु माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ५ जना र वडा नं २ को त्रिभुवन माध्यमिक विद्यालय खर्बाङको क्वारेन्टाईनमा रहेका १६ जनाको स्वाव सकंलन गरीएको छ । स्वाव सकंलन गरी परिक्षणका लागि गण्डकी प्रादेशिक प्रयोगशाला पोखरा पठाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले यस अगाडी पनि निरन्तर स्वाव सकंलनको काम गरिरहेको छ ।

भारतबाट आई क्वारेन्टाईनमा बसेको ५ दिन पुरा भएपछि उनीहरुको स्वाव सकंलन गर्ने उहाँको भनाई छ । स्वाव सकंलनका लागि धौलागिरी अस्पताल बाग्लुङका वरिष्ठ ल्याव टेक्निसियन सुरज बरालको नेतृत्वमा स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली प्रसाद आचायले सहजीकरण गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित