मुसिकोट नगरपालिकाले बुधवारदेखि आरटिडी किट मार्फत कोरोना परिक्षण गर्ने ।

मुसिकोट नगरपालिकाले बुधवारदेखि आरटिडी किट मार्फत कोरोना परिक्षण गर्ने ।

Badigad Online
1 Min Read

सागर भण्डारी/ विष्णु प्रसाद आचार्य, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले बुधवारदेखि क्वारेन्टाईनमा बसेकाहरुको (¥यापिड डायग्नोष्टिक टेष्ट) आरडिटी मार्फत कोरोनाको परिक्षण गर्ने भएको छ । पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेका र बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परिक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभएको छ ।

प्रदेश ५ सरकार मार्फत किट आउँदै गरेको र किट ल्याएपछि नगरपालिकामा रहेका तालिम प्राप्त स्वास्थ्य प्राविधिकहरुले क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी किट मार्फत कोरोना परिक्षण गर्ने बताईएको छ । नगरपालिकामा २ सय ७० वटा किट आउँदै गरेको प्रमुख जिसीले जानकारी बताउनुभयो ।  पहिलो चरणमा क्वारेन्टाईनको बसाई अवधि पुरा गरेका २ सय ७० जनाको आरडिटी परिक्षण गरिने उहाँको भनाई छ । त्यसपश्चात नगरपालिकाले बाँकी अन्यको परिक्षण गर्ने तैयारी गरेको छ ।

आरडिटी परिक्षणका लागि स्वास्थ्यकर्मीहरु शिल्पा नेपाली, अञ्जना गौतम, कमल एर र कृष्ण प्रसाद आचार्यले सहजीकरण गर्ने बताईएको छ । आरडिटी परिक्षण पश्चात यदि कसैको रिपोर्ट पोजेटिभ देखिएमा उनीहरुको स्वाव सकंलन गरेर पीसीआर परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही पठाउने प्रमुख जिसीले बताउनुभयो । त्यस्तै कसैमा संकास्पद लक्षण देखिएमा पनि तत्कालै पीसीआर परिक्षण गर्ने तैयारी रहेको उहाँको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित