कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो !

कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो !

Badigad Online
1 Min Read

काठमाण्डौ, २१ जेठ – काठमाण्डौमा उपचार गराईरहेका दोलखाका ७६ बर्षिया पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी दिर्घ रोगी रहेको मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले बताए । दोलखाका बृद्ध जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए ।

अपरेसनपछि गरीएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्रिवि टिचिङ अस्पतालमा पठाइएको थियो । प्रवक्ता देवकोटाका अनुसार बुधबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु भएको थियो । बुधबार एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित