कोरोना सक्रंमितको उपचारका लागि बुर्तिबाङमा १२ शैयाको आइसोलेशन कक्ष निर्माण गरिने !

कोरोना सक्रंमितको उपचारका लागि बुर्तिबाङमा १२ शैयाको आइसोलेशन कक्ष निर्माण गरिने !

Badigad Online
2 Min Read

छविलाल पाण्डे, बाग्लुङ । पश्चिम बागलुङका चारपालिकाका प्रमुख विचको बैठक बुधबार ढोरपाटन नगरपालिकामा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गौलुचन शैँजु लगायत जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेपाली शेना प्रमुख तथा चार वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थितीमा बैठक बस्दै विविध विषयमा छलफल एवम निर्णय भएको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखिको लकडाउनलाई थप व्यवस्थापन गर्दे विविध विषयमा छलफल भएको छ । जसअन्र्तगत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२ शैयाको आइसोलेशन कक्ष निर्माण गरी कोरोनाका विरामीलाई यहि उपचार गर्ने प्रवन्ध मिलाउनका निम्ती चारवटै पालिकाले सहमती गरेका छन् । ढोरपाटन नगरपालिकाले ४ लाख र अन्य ३ पालिकाले दुई/दुई लाखका दरले १० लाख रकम सकंलन गरी तत्काल आइसुलेशन कक्ष निर्माण गर्ने र कोरोनाका विरामी बागलुङ पठाउनु पर्ने समस्याको अन्त्य गर्ने निर्णय भएको छ ।

त्यसैगरी भोलीदेखि चारवटै पालिकामा रहेका बैँक तथा वित्तिय सँस्था दैनिक रुपमा सञ्चालन गर्न अनुमती दिने निर्णय गरीएको छ । हप्तामा दुई/तिन दिन खोल्दा बैँकमा भिडभाड बढि देखिएका कारण सेवाग्राहिको सहजता र भिँडभाड कम गर्न यस्तो निर्णय गरीएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बडिगाड अनलाईनलाई बताउनुभयो । त्यसैगरी लकडाउनलाई यथावत राख्दै सिमा नाकामा कडाई गरीने जनाइएको छ । खाद्यान्न पसल दैनिक साँझ ५ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको हो । बैठकले पालिका अन्र्तगत बार छुट्याएर खाद्यान्न धुवानी गर्ने निर्णय गरीएको छ ।

जसमा आइतबार र सोमबार तमानखोला गाउँपालिका, मगंलबार र बुधबार ढोरपाटन नगरपालिका, बिहिबार र शुक्रबार निसीखोला गाउँपालिका र शनिबार वडिगाड गाउँपालिकामा खाद्यान्न धुवानी गर्न दिने निर्णय भएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले बताउनु भयो । लकडाउन खुलेको छैन् यस विषयमा सरकारले लिएको निर्णयलाई सबैले कार्यान्यन गर्नुपर्दछ जनताको सहजताको निम्ती यि महत्वपूर्ण विषयमा निर्णय गरीएको पोखरेलले बताउनुभयो ।

बैठकमा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली, तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढा, निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल, वडिगाड गाउँपालिका प्रमुख मेयरसिहं पाईजा लगायत चारवटै पालिका प्रमुख प्रशासकिय अधिकृत, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल लगाएतको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित