विष्णु प्रसाद आचार्य, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आज देखि क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट आरडिटी मार्फत कोरोनाको परिक्षण सुरु गरेको छ । आज पहिलो दिन पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेका र बसाई १४ दिन बसाई अवधि पुरा गरेका १ जनाको आरडिटी परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभएको छ ।
नगरपालिकामा रहेका तालिमप्राप्त स्वास्थ्य प्राविधिकहरुले क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी विधि मार्फत कोरोना परिक्षण गरेको बताईएको छ । शारदा विद्या मन्दिर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका १ जनाको आरडिटी परिक्षण गरिएको र रिपोर्ट नगेटिभ आएको बताईएको छ । नगरपालिकामा २ सय ७० किट रहेको र पहिलो चरणमा क्वारेन्टाईनमा बसेको १४ दिन बसाई अवधि पुरा गरेका २ सय ७० जनाको आरडिटी परिक्षण गर्ने पनि उहाँले बताउनुभएको छ । त्यसपश्चात नगरपालिकाले बाँकी अन्यको परिक्षण गर्ने तैयारी गरेको छ ।
आरडिटी परिक्षण पश्चात यदि कसैको रिपोर्ट पोजेटिभ देखिएमा उनीहरुको स्वाव सकंलन गरेर पीसीआर परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही पठाउने प्रमुख जिसीले बताउनुभयो । त्यस्तै कसैमा संकास्पद लक्षण देखिएमा पनि तत्कालै पीसीआर परिक्षण गर्ने तैयारी रहेको उहाँको भनाई छ ।