काठमाण्डौ । टिकटकमा एक जोडिले यो फिल्मको एक चर्चित गीत ‘के म तिम्रो हैन र’ मा भिडियो बनाएर टिकटकमा सार्बजनिक गरेपछि यतिबेला सो भिडियो भाईरल भएको छ । सो भिडियो बनाउने जोडि हो सुधिर श्रेष्ठ र उनका धर्मपत्नी रोशनी श्रेष्ठ । यो जोडिले सो गीतको भिडियोमा श्री र श्वेताले गरेको अभिनय तथा नृत्यलाई हुबहु नक्कल गरेका छन् ।
सुधिरले सो भिडियो सार्बजनिक गर्दै ‘सपना थियो हजुर संग काम गर्न पाउछु कि, तर अधुरो रह्यो यसैमा खुसी छु, हृदय भरिको माया हजुरलाई’ भन्दै श्रीकृष्ण श्रेष्ठ प्रती माया प्रकट गरेका छन् । उनले सो भोडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा हालेपछि उनलाई फलो गर्दै सोही शैलीको टिकटक बनाउनेहरुको लर्को नै चलेको छ भने उनको भिडियोबाट मात्र छोटो समयमै ४ हजार ६ सय बढिले टिकटको बनाएका छन ।
धेरैले यो जोडिलाई जति हेरे नि हेरिरहु लाग्ने भन्दै श्रीकृष्ण जस्तै राम्रो जोडि भनेर तारिफ गर्दै टिकटकमा डोईट गरेका छन । यतिबेला उनलाई टिकटकमा फलो गर्नेको संख्या दैनिक सयौ छ भने उनको युट्युब च्यानलमा मा पनि सब्क्राईबरहरु बढिरहेको देख्न सकिन्छ ।उनले पहिलो टिकटक २०१८ को मार्च २२ तारिखमा बनाएको देखिन्छ । अर्थात उनले यहि बेला देखि टिकटक सुरु गरेका हुन् । डान्सर सुधिरको सुरुवाती टिकटकहरुमा खासै लाईक तथा भ्युज आएको देखिदैन ।
तर, बिवाह बन्धनमा बाधिएपछी भने श्रीमति संग बनाएको टिकटकमा भने लाईक र भ्युज आउने क्रम व्हात्तै बढेको देखिन्छ । यो जोडि २०७६ सालको मंसिर १२ मा लगनगाठो कसेका हुन् । श्रेष्ठले काठमाडौकै सोर्हखुट्टेमा सौलमेट डान्स एकेडेमि संचालन गरिरहेका छन् । सुधिर कोरियोग्राफर संगै मोडल पनि हुन्
भिडियो हेर्नुहोस्