बडिगाड अनलाईन । बडिगाड गाउँपालिकाका ४ जना सहित बागलुङ जिल्लामा थप १० जनामा कोराना सक्रमण पुष्टी भएको छ । केही समय अगाडी भारतबाट आएर बडिगाडको भानु माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका ४ जनामा कोरोना सक्रंमण पुष्टी भएको हो ।
उनीहरुलाई देशका विभिन्न नाकाहरुबाट गाउँपालिकाले उद्धार गरी क्वारेन्टाईनमा राखेको थियो । सक्रंमितहरु वडा नं १, २, ३ र ९ का १६, २०, २१ र २५ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । उनीहरुको केही दिन अगाडी स्वाव सकंलन गरी पठाईएको थियो । यससगैं बागलुङ जिल्लाको गलकोट नगरपालिका, निसीखोला गाउपालिकाको क्वारेन्टाईनमा रहेका अन्य ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय रामघाट पोखराले आज विज्ञप्ति प्रकाशन गदैं गलकोट नगरपालिकाका वर्ष २०, २२, र २३ का तीन जना पुरुषमा, निसीखोलाकी वर्ष ३३ की एक महिला र वर्ष २२ र २९ दुई पुरुष गरी ३ जना कोरोना संक्रमण पुष्टि गरेको हो । यस अघी बागलुङ जिल्लाको तमानखोलाका ४ जना र बडीगाड गाउपालिकाका २ जनामा कोरोना संक्रमण देखिएपछी उनिहरुको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा राखी उपचार भईरहेको छ । अब बाग्लुङमा सक्रंमितको संख्या १८ पुगेको छ जसमध्ये २ जना उपचार पछि घरफर्केका छन् ।