बडिगाडका सक्रंमितको उपचारका लागि बाग्लुङ पठाईयो !

बडिगाडका सक्रंमितको उपचारका लागि बाग्लुङ पठाईयो !

Badigad Online
1 Min Read

बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकाका ४ जना कोरोना सक्रंमितलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ लगिएको छ । सक्रंमण पुष्टी भएसगैं उनीहरुको कन्ट्याक टे«सिङ गरी उपचारका लागि पठाईएको बडिगाड गाउँपालिकाका सीआईटीटी सयोंजक चुरामणी कडेंलले जानकारी दिनुभएको छ ।

बिहिवार विहान भारतबाट आई भानु माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका ४ जनालाई कोरोना सक्रंमण पुष्टी भएको थियो । ६२ जनाको स्वाव सकंलन गरि पठाईएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएपनि अरुको रिपोर्ट नेगेटिभ आएको र केहीको रिपोर्ट आउन बाँकी रहेको बताईएको छ । अहिले उनीहरुको सम्पर्कमा आएका अरुको पनि कन्ट्याक ट्रेसिङ् गर्ने काम चलिरहेको उहाँले बताउनुभयो ।

यससगैं बडिगाड गाउँपालिकामा मात्रै कोरोना सक्रंमितको संख्या ६ पुगेको छ । यस अगाडी पनि २ जनामा कोरोना सक्रंमण पुष्टी भएको थियो । अहिले उनीहरुको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भईरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित