पुजा र आकाश साँच्चिकै विहे गर्दैछन् त ? यस्तो छ कुरो !

पुजा र आकाश साँच्चिकै विहे गर्दैछन् त ? यस्तो छ कुरो !

Badigad Online
4 Min Read

काठमाण्डौ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रेम अहिले फिल्म क्षेत्रमा ‘ओपन सेक्रेट’जस्तै छ । उनीहरु बिहे गर्ने तयारीसम्म रहेको चर्चा फिल्म वृत्तमा चलिरहेको छ । यतिसम्म कि पूजाको बर्थडे मनाउन आकाश घरसम्म पुगे । मिडियामा समेत यो जोडी खुलेर प्रेमको कुरा गर्ने गर्छ ।

तर, अहिले दुई महिना लामो लकडाउनयता पूजा र आकाश एक अर्कालाई भेट्न पाइरहेका छैनन् । र, एकअर्कालाई भेट्न नपाउँदाको न्यास्रोपन उनीहरु खुलेर सामाजिक सञ्जालमा अभिव्यक्त गरिरहेका छन् । हालै पूजाले ल्यापटप हेर्दै मुस्कुराइरहेको एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरिन् र अँग्रेजीमा लेखिन्, ‘तिमी सधँ प्रेम दिएर प्राप्त गर्छौ । हो, तिमी, तिमी मात्रै ?’

आकाश पनि के कम, आफैलाई लेखे जसरी उनले पनि प्रतिक्रिया दिइहाले, ‘तस्बिरमै हो की चित्त बुझाउने ? ’ पूजाले तत्काल जवाफ फर्काइन्, ‘काठमाडौं आउने होइन, गफमात्रै ?’ यो पोस्टमा कतिपय पुजाकै प्रशंसकले कमेन्ट गरेका छन्, ‘डेडिकेट टु आकु दा (आकाश)।’ एक प्रशंसक वर्षाले त शुभकामना नै दिएकी छिन्, ‘आकुसँग बिहे गर्नु ल, पुआ ।’ यसले के देखाउँछ भने पूजा र आकाशको प्रेमबारे फिल्म क्षेत्रमात्रै होइन, उनका सारा प्रशंसकहरु नै जानकार छन् ।

‘रामकहानी’ फिल्ममा एकसाथ जोडी बाँधेर काम गरेपछि यो जोडीको प्रेमबारे मिडियामा चर्चा सुरु भएको थियो । फिल्मको सुटिङ सेटबाट फक्रिएको उनीहरुको प्रेम ‘सम्हालिन्छ कहिले मन’, ‘पोइ प¥यो काले’ लगायत फिल्मसम्म आइसक्दा समेत जारी नै छ ।तर, स्मरणरहोस्, पूजालाई फिल्म क्षेत्रमा आफ्नो फिल्म चलाउन को–एक्टरसँग अफेयरको हल्ला चलाउने अभिनेत्रीका रुपमा समेत आ`रोप लाग्ने गर्छ । फिल्ममा आफूसँग लगातार सहकार्य गरिरहेका निर्देशक सुदर्शन थापादेखि अभिनेता प्रदीप खड्कासम्म उनको नाम जोडिएको थियो ।

लकडाउनमा रहेकी पूजा अहिले कोरोना महामारीका कारण समस्यामा परेका फिल्म प्राविधिकहरुको सहयोगमा समेत जुटिरहेकी छिन् । चलचित्र प्राविधिक संघसँगको सहकार्यमा उनले फिल्म प्राविधिकहरुलाई तीन लाख बराबरको खाद्यान्न वितरण गरिन् । लकडाउनकै समयमा रवि लामिछाने, दीपकराज गिरी लगायतको सेलिब्रेटीको टोलीसँग डिनर गरेर समेत उनी विवादमा तानिइन् । पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’ गत फागुन–३० मा प्रदर्शन हुने तयारीमा थियो । तर, कोरोना महामारीका कारण यो फिल्मको रिलिज स्थगित भएको छ । अब कहिले रिलिज हुने, कुनै टुंगो छैन ।

पुजाका लागि लक्की हिरो पल, प्रेमी आकाश

लकडाउन पछि फिल्म र यस अन्तर्गतका अवस्थाहरु प्राय शुन्य छन् । तर केही कलाकारहरु लकडाउनकै बीच केही चर्चामा छन् । लकडाउनकै बीच पुजा शर्मा र पल शाहले फिल्ममा काम गर्ने मजदुरहरुलाई राहत पनि वितरण गरेका थिए । लकडाउनकै बीचबाट नायिका पुजा शर्माले नायक पल शाहलाई आफ्नो लक्की हिरो पल भएको बताएकी छिन् । पुजा शर्मा र पल शाहले एक साथ काम गरेको पहिलो फिल्म ‘म यस्तो गीत गाउँछु’ हो । पहिलो फिल्म नै चर्चामा रहेपछि त्यसको सिक्वेल आईरहँदा पुजाले यसो भन्नु कुनै नौलो कुरा होईन ।

नायिका पुजा शर्मा मिडियामा छाईरहने नायिका मध्ये एक हुन् । आफ्नो समय सन्दर्भ जुन फिल्म आउँछ त्यहि फिल्मको कलाकारसँग उनले आफ्नो जोडीलाई चर्चामा राख्ने गरेकी छिन् । फिल्म ‘अझै पनि’देखि ‘प्रेम गीत’ होस् या अहिले ‘म यस्तो गीत गाउँछु २’ सम्म किन नहोस् । फिल्मी फण्डाबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित