मुसिकोट नगरपालिकामा एकजनाको आरडिटी पोजेटिभ ।

मुसिकोट नगरपालिकामा एकजनाको आरडिटी पोजेटिभ ।

Badigad Online
1 Min Read

विष्णु प्रसाद आचार्य,गुल्मी । मुसिकोट नगरपालिकामा ¥यापिट डायग्नोष्टिक टेष्ट आरडिटी परिक्षण गर्दा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ । नगरपालिकाको वडा नं २ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका २ जनाको आज गरिएको आरडिटी परिक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको मुसिकोट नगरपालिका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभएको छ ।

उनी १४ दिन अघि भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनको पिसिआर परिक्षणका लागि भोलि स्वाव सकंलन गरिने उहाँले बताउनुभयो । मुसिकोट नगरपालिकाले पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेका १४ दिनको बसाई अवधी पुरा गरेकाहरुको आरडिटी परिक्षण गरिरहेको छ ।

साथै सोही क्वारेन्टाईनको व्यवस्थापनमा खटिनुभएका विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले आरडिटी परिक्षण पोजेटिभ आयो भनेर आत्तिनुपर्ने स्थिति नरहेको भएपनि उनलाई थप सजकताका साथ राखिएको बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित