कमल पौडेल, बागलुङ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जनप्रतिनिधि का*त्रो बाँधेर जनताको सेवामा लाग्नुपर्ने समय आएको भन्दै गाउँपालिका भित्रका सवै जनप्रतिनिधिहरुलाई पूर्ण भूमिकामा खट्न आह्वान गर्नुभएको छ । विहिवार गाउँपालिकाको सभाहलमा ६६ औंकार्यपालिकाको बैठकमा बोल्दै पाइजाले मनोबल उच्च बनाउदै, सवै एक जुट भएर सेवामा खट्न सक्यौं भने कोरोना जितिने विश्वास व्यक्त गर्नुभएको छ ।
बैठकले गाउँपालिका भित्रै आइसुलेसन कक्ष निर्माण गर्न आवश्यक पूर्वाधार र स्थान छनौटको लागि पालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्बर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी सहितको समिति गठन गरेको छ। त्यस्तै अवको समय थप जटिल हुने र सवै परिस्थिति सामाना गर्नुपर्ने भन्दै उपाध्यक्ष अम्बर बहादुर श्रीसको संयोजकत्वमा कार्यपालिका सदस्य, गाउँपालिका भित्रका सुरक्षा तथा स्वास्थ्यका प्रमुखहरु रहेको शव व्यवस्थापन समिति गठन गरेको छ ।
क्वारेन्टाइनमा रहेका सवैजनाको ५ दिनमा पिसिआर र १४ दिनमा आरडिटि परिक्षण अनिवार्य गर्ने जसको लागि आवश्यक किट अभाव हुन सक्ने भन्दै माथिल्लो निकायमा समन्वय गर्ने र आवश्यक खरिद समेत गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता घरघरमै गएर उपलब्ध गराउने, जेठ २४ गते सनिवार राजनैतिक दल र शिक्षकका संघसंगठनका प्रमुखहरु संग आवश्यक छलफल गर्ने, जेठ २६ गते सोमवार पूर्व योजना तर्जुमा निर्माण गोष्ठी संचालन गर्ने लगाएतका निर्णय गरेको छ ।
बडिगाड गाउँपालिकामा खट्ने स्वास्थ्य कर्मिहरुलाई केन्द्रिय तथा प्रदेश सरकारले तोकेबमोजिमको प्रोत्साहत भत्ता गाउँपालिकाले नै व्यवस्था गर्ने यस अघिनै निर्णय गरेको थियो । बैठकमा क्वारेन्टाइन व्यवस्थापनको समिक्षा गरिएको छ । गाउँपालिकाले मध्यपहाडि लोकमार्ग संग जोडिएका ७ विद्यालयलाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्दै प्रत्येक क्वारेन्टाइनमा स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, स्वयंसेवक खटाएको छ ।
भने वडा अध्यक्षहरुलाई त्यसको व्यवस्थापनमा खटिएका छन्, जसअन्तरगत वडा नं. २ मा रहेको त्रिभुवन नमुना मावि खर्वाङमा ढाल प्रसाद शेरचन, वडा नं. ५ मा रहेको पौंदिटारी आधारभुत विद्यालय ग्वालीचौरमा प्रेम गलामी, भानु मावि टारीमा अर्जुन खरेल, वेलफियर बोर्डिङ स्कुल खौलारमा यम बहादुर थापा, खार मावि खार मा विरेन्द्र बुढा, वडा नं. ६ मा रहेको बुद्ध मावि खालमा मौसमकाजि क्षेत्री, वडा नं. ७ मा रहेको भिमगिठे मावी भिमगिठेमा कृष्ण बहादुर खत्रि रहनुभएको छ ।
त्यस्तै आर्थिक तथा खाद्य व्यवस्थापनको लागि बोम बहादुर थापा, द्रुत समन्वयमा कृष्ण गुरुङ, लकडाउन कार्यान्वयन तथा अनुगमनमा खड्क पुन रहनुभएको छ। गाउँपालिकाले वडा अध्यक्षहरुलाई गाउँपालिका कार्यालय नजिकै राखि गाउँपालिकाको शक्तिलाई एकिकृत गरेको छ। कार्यपालिका बैठक अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।