पीसीआर रिपोर्ट नगेटिभ आएका बडिगाडका १८ जनालाई आरटिडी गरी घर पठाईँदै !

पीसीआर रिपोर्ट नगेटिभ आएका बडिगाडका १८ जनालाई आरटिडी गरी घर पठाईँदै !

Badigad Online
1 Min Read

जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाको क्वारेन्टाईनमा बसेका १८ जनालाई आज घर पठाईने भएको छ । केही समय अगाडी भारतबाट आएर बडिगाड वडा नं २ स्थित त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका उनीहरुलाई घर पठाउने तैयारी थालिएको बडिगाड गाउँपालिका स्वास्थ्य सहसयोंजक तथा सीआईटीटी सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेका र प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको पीसीआर परिक्षणमा नेगेटिभ नतिजा आएका १८ जनालाई आज घर पठाउने उहाँले बताउनुभयो । उनीहरुलाई केही समय अगाडी देशका विभिन्न नाकाहरुबाट गाउँपालिकाले उद्धार गरि क्वारेन्टाईनमा राखेको थियो । जसमध्ये वडा नं ७ का १६ जना र वडा नं ८ का २ जना रहेका छन् ।

पीसीआर परिक्षण गर्दा नेगेटिभ देखिएपनि फेरी एकपल्ट आज आरडिटी टेष्ट गर्ने र उक्त टेष्टमा पनि नतिजा नेगेटिभ आएमा मात्र घर पठाउने तैयारी रहेको गाउँपालिकाले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित