सन्दिप घिमिरे,बडिगाड अनलाइन / प्रविधि । एक नेपाली प्राध्यापकले बनाएको कोरोना विरुद्धको औषधीलाई परिक्षणका लागि डब्लुएचओले लाने भएको छ । वन विज्ञान तथा अध्ययन संस्थान हेटौडाका उपप्राध्यापक डा. ललितकुमार दासले तैयार गरेको कोभिड १९ विरुद्धको खोपमा डब्लुएचओले चासो देखाएको छ ।
संस्थान हेटौडाका उपप्रध्यापक दासले त्रिभुवन विश्व विद्यालयको प्रयोगशालामा तैयार गरेको खोपको बारेमा विहिवार डब्लुएचओले जानकारी लिएको छ । बनारस हिन्दु विश्व विद्यालयबाट पाईटो केमेष्ट्रीमा पीएचडी गरेका डा. दासले उक्त औषधी विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको समिश्रणबाट तैयार पार्नुभएको बताईएको छ । उहाँ बाग्मती प्रदेश केमिकल सोसाईटीका उपाध्यक्ष समेत रहनुभएको छ । यसअगाडी पनि दासले आफैले हर्बल सेनिटाईजर निर्माण गर्नुभएको थियो ।
जेनेभा स्थित डब्लुएचओको कार्यालयको भिडियो कन्फरेन्समार्फत नेपाल सहित ६३ राष्ट्रका विज्ञसगं कोरोना विरुद्ध निर्माण भईरहेको औषधी र आवश्यक सहयोग सम्बन्धमा छलफल भएको प्राध्यापक डा.दासले जानकारी दिनुभयो । यदी यो खोप कोरोना विरुद्ध कामयामी भएमा प्राध्यापकले डब्लुएचओबाट ५० करोड रुपैयाँ प्रदान गर्नेछ ।