सागर भण्डारी, बाग्लुङ । पीसीआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएका बडिगाड गाउँपालिकाका २ जनालाई आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको छ । भारतबाट आई गाउँपालिकाको विभिन्न क्वारेन्टाईनमा बसेका उनीहरुमा आज गरिएको आरडिटी परिक्षण भने पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।
गत जेष्ठ १७ गते प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको पीसीआर परिक्षणमा उनीहरुको नतिजा नेगेटिभ आएको थियो । उनीहरु कोरोना सक्रंमितसगं एउटै कोठामा बस्दै आएका थिए । सोही कोठामा बस्ने १ जनालाई कोरोना सक्रंमण पुष्टी भएको थियो । गाउँपालिकाले पीसीआर परिक्षणमा नेगेटिभ नतिजा आएपछि अन्तिम पटक आरडिटी टेष्ट गरी क्वारेन्टाईनबाट घर पठाउने तैयारी गरेको थियो ।
शनिवार गाउँपालिकाले २ वटा क्वारेन्टाईनका ४० जनालाई आरडिटी परिक्षण गरी नेगेटिभ देखिएमा घर पठाउने तैयारी थालेको थियो ।
वडा नं २ को खर्बाङ स्थित त्रिभुवन माध्यमिक विद्यालय र वडा नं ५ को भानु माध्यमिक विद्यालयको क्वारेन्टाईनमा १४ दिनको बसाई अवधि पुरा गरेका र पीसीआर परिक्षण गर्दा नेगेटिभ नतिजा आएकाहरुलाई विदाईको तैयारी गरिएको थियो । २ जनाको आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि सोही कोठामा बस्ने सबैलाई घर नपठाईने र अन्य कोठामा रहेका र आरडिटी पोजेटिभ नेगेटिभ आएकाहरुलाई भने क्वारेन्टाईनबाट घर पठाउने तैयारी भईरहेको ससयोंजक कडेंलले जानकारी दिनुभएको छ ।
आरडिटी पोजेटिभ देखिएकाहरुको पुन : स्वाव सकंलन गरी परिक्षणका लागि पठाईने र पीसीआरको नतिजा पर्खेर मात्र उनीहरुको अवस्थाका बारेमा जानकारी दिई सोही अनुसार गर्ने गाउँपालिकाले जनाएको छ । आईतबार मात्रै गाउँपालिकाको वडा नं २ स्थित त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका १८ जनालाई आरडिटी परिक्षण गरि नेगेटिभ नतिजा आएपछि घर पठाईएको थियो । अहिलेसम्म बडिगाड गाउँपालिकामा मात्रै ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । उनीहरु सबैको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भईरहेको छ ।