बडिगाड अनलाइन । नेपाल कम्युनिस्ट पार्टी नेकपा बडिगाड गाउँपालिका ७ वडा कमिटीले राहत वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण खाद्यान्न अभाव भएका गरिब विपन्न ६० घरलाई राहत वितरण गरेको हो । राहत वितरण गर्दै नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सदस्य शुनिल शेरचनले महामारीको अवस्थामा पार्टीले जनताको चुलो निभ्न नदिनु र सारथीको काम गर्नु महत्त्वपूर्ण भएको बताउनुभयो ।
उहाँले संगीन परिस्थितिमा जनतामा राहत वितरण गर्नुले अन्यले पनि सिको गर्नुपर्ने विश्वास व्यक्त गर्नुभयो । अहिले देश संक्रमण अवस्थामा गुज्रिएको बेला जनतामा राहत वितरण गरी चुलो निभ्न नदिनु महान कार्य भएको उहाँको धारणा थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बडिगाड गाउँपालिकाका अध्यक्ष गुणानिधि घिमिरे, एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष जीत बहादुर थापा, नेता दीपक रायमाझी, कमल हिजा लगायतको उपस्थित रहेको थियो ।
राहत ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, नेकपा बडिगाड ७ वडा कमिटी र दलित संजाल बडिगाडका अध्यक्ष टिपुरे सुनारले उपलब्ध गराउनुभएको ६० घरपरिवारलाई राहत वितरण गरिएको नेकपा वडा कमिटीका सचिव कमल हिजालले जानकारी दिनुभएको छ । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराईले सञ्चालन गरेका गर्नुभएको थियो । राहत नपाएकाहरूको नाम संकलन गरि दोस्रो चरणमा वितरण गरिने नेकपाले जनाएको छ ।