मधुसुदन पाण्डे,अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकाका १ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । छत्रदेव गाउँपालिका वडा न ५ स्थित क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुने ४९ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।
उनी भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका थिए । यससंगै अर्घाखाँचीमा कोराना सङक्रमितको संख्या पाचँ पुगेको छ । यसभन्दा अगाडि पाणिनी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो । भने भुमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो । उनको पिसिआार रिपोर्ट पोजेटिभ आएको थियो ।
Badigad Online