भारतको अति प्रभावित क्षेत्रबाट आएकालाई पीसीआर नेगेटिभ देखिएपछि क्वारेन्टाइनमै नाचगान !

भारतको अति प्रभावित क्षेत्रबाट आएकालाई पीसीआर नेगेटिभ देखिएपछि क्वारेन्टाइनमै नाचगान !

Badigad Online
2 Min Read

जीवन पाण्डे, गुल्मी । केही समय अगाडी भारतबाट आएर बडिगाड गाउँपालिकाको क्वारेन्टाईनमा बसेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि खुसीयाली स्वरुप क्वारेन्टाईन भित्रै नाचगान सहित खुसीयाली मनाएका छन् ।  प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको पीसीआर परिक्षणमा कोरोना रिपोर्ट नगेटिभ आएपछि क्वारेन्टाईनमा रहेकाहरुले नाचगान सगैं खुसीयाली मनाएका छन् ।

शनिवार गाउँपालिकाको वडा नं ५ स्थित पौँदीटारी आधारभूत विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका ५० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । भारतको अतिनै कोरोना प्रभावित क्षेत्र गुजरातबाट आएका उनीहरु पीसीआर रिपोर्टको प्रतिक्षामा थिए । विहान रिपोर्ट नेगेटिभ आएको खबर सुन्नासाथ उनीहरुले क्वारेन्टाईनमै नाचगान सहित खुसीयाली मनाएको गाउँपालिका स्वास्थ्य सहसयोंजक र द्रुत समिति सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।

सोही क्वारेन्टाईनमै बसेका एक युवाले आफुहरु कोरोना अत्यन्तै प्रभावित क्षेत्र भारतको गुजरातबाट आएको र क्वारेन्टाईनमा बस्दा पनि निकै शकां सहित बसेको भएपनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि हर्ष स्वरुप रमाईलो गरेको उनले बताए । साथै उनले बडिगाड गाउँपालिकाले आफ्ना नागरिक उद्धार देखि परिक्षण र क्वारेन्टाईन व्यवस्थापनमा प्रशसंनीय कार्य गरेको भन्दै गाउँपालिका प्रति आभार व्यक्त गरेका छन् ।

भारतको अतिनै प्रभावित क्षेत्र गुजरातबाट गाउँपालिकामा आएको भन्दै उनीहरुलाई गाउँपालिकाले विशेष सयंमता अपनाएको थियो । गाउँपालिकाले सुनौली नाकामा आएका उनीहरुलाई उद्धारमा तदारुकता देखाएकै कारण र क्वारेन्टाईन व्यवस्थापनमा पनि उल्लेख्य भूमिका निर्वाह गरेकै कारण उनीहरु कोरोना सक्रंमणबाट जोगिएको स्थानीयले बताएका छन् ।

गाउँपालिकाकै नमुना क्वारेन्टाइन

बडिगाड गाउँपालिकाको वडा नं ५ स्थित उक्त क्वारेन्टाईन गाउँपालिकाकै नमुना क्वारेन्टाईन रहेको छ । उक्त क्वारेन्टाईनमा खानेपानी र शौचालयको उचित प्रबन्ध सहित क्वारेन्टाईनमा बसेकाहरुको दैनिकी सहज होस भनेर फ्री वाईफाईको समेत व्यवस्था गरिएको छ । त्यस्तै गर्मी बढ्दै गएसगैं डेगुंको सक्रंमण पनि बढ्दै गएकाले प्रत्येक व्यक्तिलाई एक झुलको व्यवस्था गरिएको क्वारेन्टाईन व्यवस्थापनमा खटिनुभएका नविन कुँवरले जानकारी दिनुभयो ।

तातो चिसो खानेपानी र नुहाउने पानीको व्यवस्था गरिएको र सरसफाई सगैं क्वारेन्टाईनमा रहेकाहरुलाई गाउँघरमै उत्पादित आर्गनिक खानेकुराहरु खुवाउने व्यवस्था मिलाईएको उहाँको भनाई छ । गाउँपालिकाले क्वारेन्टाईनमा बसेर १४ दिनको बसाई अवधि पुरा गरेकाहरुलाई पीसीआर परिक्षण गरेर नतिजा नेगेटिभ आएपछि पुन आरटिडी गरेर घर पठाउने गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित