बागलुङ । बागलुङ जिल्लामा आइतबार थप दश जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा ९ र ढोरपाटन नगपालिकामा एक गरी दश जनामा कोरोना पुष्टी भएसंगै बागलुङमा संक्रमितको संख्यो २९ पुगेको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बडिगाड गाउँपालिकाका ९ जना र ढोरपाटन नगरपालिकाका एक जनालाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले आइतबार बिहान ६ बजे प्रेस विज्ञप्ती अनुसार बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र एक जनाको उमेर नखुलेको पुरुष र ढोरपाटन नगरपालिकाका २६ बर्षिय एक पुरुष गरी दश जनालाई कोरोना पुष्टी भएको जानकारी दिनुभएको छ ।
संक्रमित २९ मध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् । भने अन्य १७ जना धौलागिरी अस्पताल बागलुङको आइशोलेसनमा रहेका छन् । हालै कोरोना पुष्टी भएकालाई कहाँ उपचार गर्ने भर्ने टुङ्गो लागेको छैन ।