बडिगाड अनलाइन । बडिगाड गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुलाई स्थानीय एक युवाले सेनिटाईजर पठाएका छन् । गाउँपालिकाको वडा नं ४ जलजलाका मिलन रेश्मीले गाउँपालिकालाई १ सय मिलिलिटरको ३ सय ५० थान सेनिटाईजर पठाउनुभएको हो ।
रेश्मीले पठाएको उक्त सेनिटाईजर गाउँपालिकामा रहेका ५ वटा क्वारेन्टिनमा वितरण गरिएको छ । उक्त सेनिटाईजर पहिलो चरणमा क्वारेन्टिनमा बसेकाहरुको संख्याको आधारमा २० देखि ३० पिस सम्म वितरण गरिएको बताईएको छ । गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुडामणी कडेंल, द्रुत समिति सदस्य राजन पाईजा र बडिगाड अनलाइनका सञ्चालक जीवन पाण्डेले सेनिटाईजर वितरण गर्नुभएको हो ।
बाँकी रहेका १५० पिस सेनिटाईजर क्वारेन्टिनमा थप भएकाहरु र अब आउनेहरुलाई वितरण गरिने बताईएको छ । विपदको घडीमा अत्यावश्यक स्वास्थ्य सामाग्री पठाएको भन्दै गाउँपालिकाले रेश्मीलाई धन्यवाद व्यक्त गरेको छ ।